बिहिबार, बैशाख १३, २०८१

राष्ट्रिय जलवायु सम्मेलन हुने

रामचन्द्र प्रजापति/ काठमाडौं पुस ११,  जिल्ला समन्वय समिति महासङ्घको आयोजनामा पुस १५, १६ र १७ गते ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ को आयोजना हुने भएको छ ।

सम्मेलन सम्बन्धी जानकारी दिन आज राजधानीमा आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिइएको जानकारी अनुसार जलवायु परिर्वतनका कारण र यसले सिर्जना गरेको समस्याको सवालमा जानकारी दिने लक्ष्य अनुरुप आयोजना गर्न लागेको प्रस्तुत सम्मेलनमा ७७ वटै जिल्लाका प्रमुख, उपप्रमुखसहित एक जिल्लाबाट तीन जनाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक औपचारिक कार्यक्रमकावीच उद्घाटन गर्ने कार्यक्रम तय भएको र सम्मेलनमा जलवायु परिर्वतनका विषयमा विज्ञले कार्यपत्र प्रस्तुत हुने बताईएको छ ।   

पत्रकार सम्मेलनमा पूर्वमन्त्री एवं सांसद अग्निप्रसाद सापकोटा,पूर्वमन्त्री एवं सांसद शेरबहादुर तामाङ लगायतका वक्ताले नेपालले कार्बन उत्र्सजन गरेर कुनै गल्ती नै नगरी जलवायु परिर्वनको असर भोग्नुपरेको बताउँदै यसवारेमा विश्वको ध्यनाकर्षण गराउँन सम्मेलन प्रभावकारी हुने बताए  । त्यस्तै पत्रकार सम्मेलनका सभापति एव जिल्ला समन्वय समिति महासंघ नेपालका अध्यक्ष सीता कुमारी सुदासले सम्मेलन सफल पार्न मुल आयोजक समिति बाहेक विभिन्न १२ वटा विभाग निर्माण गरि सबै विभागले जिम्मेवारी बहन गरि सम्मेलनमा भाग लिन आउनेलाई आवास शान्ति सुरक्षा लागायत व्यवस्थापन तयारी भएको बताए ।सम्मेलनको अनुमानित लागत एक करोड रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।