बिहिबार, बैशाख १३, २०८१

राजनीतिक प्रतिवेदनमाथि उठेको प्रश्नको आज अपरान्ह बस्ने बैठकमा अध्यक्षद्वयले जवाफ दिने

काठमाडौ पुस ८,  सत्तारुढ दल नेकपाको जारी स्थायी समितिको पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा जारी जारी बैठकमा नेता प्रदीप ज्ञवालीले आफ्नो धारणा राखेसंगै अध्यक्षद्वय केपी ओली र प्रचण्डको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

समाचारमा उल्लेखभएअनुसार राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएसंगै आज अपरान्ह बस्ने बैठकमा अध्यक्षद्वयले प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले बताए ।

गत मंसिर २९ गतेदेखि अध्यक्षद्वयको संयुक्त राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ । जारी बैठकमा बोल्ने क्रममा उठेका सवालमा अध्यक्षद्वयको जवाफ आएपछि राजनीतिक प्रतिवेदन पारित हुने या परिमार्जन गर्ने भन्ने विषय निक्र्यौल हुने समेत उहाँले बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु