बैठक तयारीका सम्पूर्ण कार्य अन्तिम चरणमा, बैठकमा महासमिति सदस्य तथा केन्द्रीय समिति गरी करीब एक हजार ४०० सहभागी हुने,सिर २९ गते बिहान ११ बजे सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा बैठकको उद्घाटन
काठमाडौ मंसिर २७ , नेपाली काङ्ग्रेसले मुलुकको परिवर्तित संघीय संरचना अनुरुप मौजुदा विधान समेत परिमार्जन गर्दै विधान पारित गर्नुको अलावा भावी दिनमा काँग्रेसले अख्तियारगर्नु पर्ने रणनिती तय गर्नका लागि मङ्सिर २८ देखि पुस ३सम्म बस्ने गरि आव्हान गरेको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
यसैबीच काङ्ग्रेसले महासमिति बैठकको कार्यक्रम तालिका सार्वजनिक गरेको छ । सार्वजनिक कार्यतालिका अनुसार मंसिर २८ गते काङ्ग्रेस केन्द्रीय कार्यालयमा महासमिति सदस्यको दर्ता एवं स्वागत कार्यक्रमको आयोजना हुने उल्लेख गरिएको छ । त्यस्तै मंसिर २९ गते बिहान ११ बजे सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा बैठकको उद्घाटन कार्यक्रमको आयोजना एवम् हुनेछ । उद्घाटनसत्र लगत्तै बन्दसत्र प्रारम्भ हुने र त्यसपछि पुस १, २ र ३ गते बिहान ८ देखि बेलुकी ५ बजेसम्म बन्दसत्रको छलफल चल्ने काँग्रेस मुख्यालले जनाएको छ ।
यसैवीच काँग्रेसले महासमितिको तयारीका लागि गठित विभिन्न समिति अन्र्तगत पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति, उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव समिति र महामन्त्री डा शशांक कोइरालाको संयोजकत्वमा साङ्गठनिक प्रस्ताव समिति त्यस्तैगरि महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा, सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा समग्र आर्थिक नीति प्रस्ताव, कोषाध्यक्ष सीतादेवी यादवको संयोजकत्वमा पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन र काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँको संयोजकत्वमा काठमाडौँ उपत्यकाका तीनै जिल्ला कार्यसमिति रहने गरी स्थानीय व्यवस्थापन समिति गठन छ ।
महासमिति बैठकमा महासमिति सदस्य तथा केन्द्रीय समिति गरी करीब एक हजार ४०० सहभागी हुने जनाउँदै सम्वद्ध समितिले आआफ्नो जिम्मेवारी अनुरुपको कार्य सम्पादन गर्दै गरेको जनाएको छ । यद्यपी गठित समिति मध्ये पदाधिकारी सङ्ख्या बढाउने÷नबढाउने भन्ने सवालमा सहमति बन्न नसकेपछि विधान मस्यौदा समितिको प्रतिवेदन पारित हुन सकेको छैन । आर्थिक नीति केन्द्रीय समितिबाट पारित भइसकेको छ भने राजनीतिक प्रस्तावमाथिको छलफल जारी रहेको छ ।
त्यस्तै बैठकको प्रचारप्रसार, स्वागतद्वार निर्माण, प्रकाशनलगायत अन्य सामग्रीको तयारी र सहभागीको खाना, चिया, खाजाको व्यस्थापनको तयारी भइसकेको सम्वद्ध समिति वछ सदस्ष्हरुले जनाएका छन
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त
- मन्त्रिपरिषद् बैठक: बागमती प्रदेश प्रमुख सचिवको जिम्मेवारी सहसचिव कार्कीलाई
- एमालेकी विदेश विभाग सचिव शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत
- गण्डकी प्रदेशसभाको अधिवेशन आव्हान ,विश्वासको मत लिने मुख्यमन्त्री अधिकारीको तयारी
- रास्वपाभित्रै उठ्यो सहकारीसम्बन्धी छानबिनको लागि समिति बनाउने आवाज
- आज र भोली देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- मछिन्द्रनाथको रथारोहणपछि रथयात्रा सुरु
- आज भगवान रामचन्द्रको पूजाअर्चना सहित रामनवमी पर्व मनाइँदैं
- सहकारीमा प्रकरणमा संलग्नता नरहेको सामाजिक सञ्जालमार्फत गृहमन्त्री लामिछानेको प्रष्टोक्ति
- निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ: प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान