शनिबार, बैशाख ८, २०८१

मेलमिलापको चाहनालाइ काङ्ग्रेसको कमजोरी नबुझ्न सरकारलाइ सभापति देउवाको चेतावनी

काठमाडौ पुस १६, ४३ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा काठमाडौकाङ्ग्रेसले आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ दलले काँग्रेसको मेलमिलापको चाहनालाइ नजरअन्दाज गर्दै आएको आरोप लगाउनुभएको छ ।

त्यस्तै उहाँले सरकोका हरेक क्रियाकलापको आलोचना गर्दै कहिले कर्मचारी समायोजनाको नाममा भइरहेको हस्तक्षेपको टिप्पणी गर्दै जनतालाइ आन्दोलन गर्न बाध्य नर्पान सरकारलाइ आग्रह गरेका छन । त्यस्तै उहाँले काङ्ग्रेस सदैव स्वतन्त्र न्यायापालिका, निष्पक्ष कर्मचारीतन्त्र, प्रहरी, सेनाको पक्षमा रहेको जिकिर सहित काँग्रेसको र्फबाट अभिव्यक्त मुठभेडको भन्दा पनि मेलमिलापको चाहनालाइ काग्रेसको कमजोरी नबुझ्न आग्रह गरेका छन ।

त्यस्तै युवा नेता गगन थापाले सत्तापक्ष दलका दुई नेतामध्ये एकलाई सङ्घीयता र अर्कोलाई लोकतन्त्र मन नपरेको उहाँहरुले प्रदर्शन गर्दै आएको रवैयाबाट प्रष्ट झल्किएको बताउँनु भएबमे उक्त कार्यक्रममा केन्द्रीय सदस्यहरु ध्यानगोविन्द रञ्जित, नरहरि आचार्य ,पूर्वसभामुख तारानाथ रानाभाट काठमाडौ काङ्ग्रेसका सभापति सबुज बानियाँ, प्रदेश सदस्य छिरिङदोर्जे लामालगायतले बिपीले शुरु गरेको मेलमिलापको नीति सदैव लोकतन्त्रका पक्षमा रहेको मेलमिलापको आवश्यकता र औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।