बुधबार, बैशाख १२, २०८१

मेक्सिकोकी भेनेसा पोन्च भईन मिस वल्र्ड

काठमाडौं मंसिर २२,  विश्व सुन्दरी प्रतियोगिता अन्र्तगत प्रतिस्पर्धाको फाइनल सुरु भएको छ । चीनको सान्या शहरमा हुँदै गरेको उक्त प्रतियोगितामा मिस नेपाल श्रृंखला खतिवडाको प्रस्तुति एवम् उनले भोटिङका आधारमा पाएको मल्टिमिडिया अवार्डकोे चर्चा एवम उत्कृष्ट १२ मा पर्दै प्राप्त गरेको सफलताले गर्दा पनि प्रतियोगिता रौनक बन्दै थियो ।

प्रस्तुत प्रतियोगितामा १ सय २१ देशका सुन्दरीको सहभागिता भएको प्रतिस्पर्धामा श्रृंखला अन्तिम १२ भित्र परेकी छिन् । अन्तिम १२ बाट अन्तिम ५ हुँदै मिस वर्ल्ड चुनिने छ । अन्तिम ३०बाट उत्कृष्ट १२ मा पर्न सफल भएपनि अन्तिम ५ को लागि भएको प्रतिस्प्रर्धामा बेलारुस, थाइल्यान्ड, जमैका, मेक्सिको तथा युगान्डाका सुन्दरीहरु परेसंगै श्रृंखला बाहिरिएकी छन् ।

जसमध्ये थाइल्यान्डकी निकोलिन लिम्सनुकन प्रतियोगिताको रनर अप घोषित भइन् भने मेक्सिकोकी भेनेसा पोन्स यस वर्षको मिस वर्ल्ड २०१८ घोषित भएकी छिन् ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।