शनिबार, बैशाख ८, २०८१

मुलुकको प्रजातान्त्रिक आन्दोलनमा स्व भीमबहादुरको योगदान महत्वपूर्ण :राष्ट्रियसभा अध्यक्ष तिमल्सिना

काठमाडौ मंसिर १५ नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री स्व भीमबहादुर तामाङको शालिक आज ए कार्यक्रमकावीच अनावरण गरिएको छ । भीमबहादुर तामाङ स्मृति तथा विकास केन्द्रको सक्रियतामा राजधानीको कामपा १५ वडास्थित स्वयम्भूमा निर्माण भएको शालिकको तामाङको छैटौँ स्मृति दिवसका अवसरमा आज राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले अनावरण गर्नुभएको हो ।

शालिक अनावरणकार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष तिमल्सिनाले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा स्व भीमबहादुर तामाङको महत्वपूर्ण योगदान रहेको बताउँदै अध्यक्ष तिमल्सिनाले संविधान कार्यान्वयनका लागि दलबीच एकताको खाँचो रहेको बताउनुभएको थियो ।

कार्यक्रममा नेकपाका नेता वसन्त कार्की ,काङ्ग्रेस दोलखाका पूर्वपार्टी सभापति उद्धवराज काफ्ले महानगरपालिका वडा न –१५ का वडा अध्यक्ष ईश्वरमान डङ्गोल लगायतले तामाङको सादा जीवन उच्च विचारको विालमा अभिव्यक्ति दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।