बुधबार, बैशाख १२, २०८१

महासमिति बैठकको पूर्वसन्ध्यामा देउवा र पौडेलबीच चर्काचर्की

काठमाडौं मंसिर २८,   महासमिति बैठकको पूर्वसन्ध्यामा भएको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बिहीबार चर्काचर्की परेको छ । महासमिति बैठक शनिबार सुरु हुँदैछ । बैठकमा पौडेलले संघ, प्रदेश र स्थानीय तहको चुनावमा पार्टी पराजित हुनमा सभापति देउवाको कार्यशैलीलाई मुख्य जिम्मेवार ठह¥याउँदै आलोचना गरेका थिए । उनले सरकार, संसद र पार्टी नेतृत्व कमजोर बन्दा र कार्यशैली राम्रो नहुँदा पार्टी लथालिंग बनेको उल्लेख गर्दै समग्र पक्षको ‘पोस्टमार्टम’ गर्नुपर्ने बताएका थिए ।

लगत्तै सभापति देउवा पौडेलप्रति खनिए । पौडेलसँग मात्रै नभएर आफैंले केन्द्रीय समितिमा मनोनित गरेकाहरुले समेत आफूविरुद्ध आलोचना गरेको भन्दै देउवाले आक्रोस पोखे । पौडेलबाहेक अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला र गगन थापाप्रति उनी खनिएका थिए । सिटौला, केसी र थापा १३ औं महाधिवेशनमा सभापति र महामन्त्रीका प्रत्याशी थिए । पराजित सबै पदाधिकारीलाई देउवाले पहिलो चरणमै केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् । –कान्तिपुर दैनिकबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।