शुक्रबार, बैशाख ७, २०८१

महासङ्घको विधान अधिवेशन पोखरामा हुने

महासङ्घले प्रदेश र स्थानीय तहमा निर्माण भइरहेको प्रेस कानूनमा प्रेस स्वतन्त्रतालाई कुण्ठित नहुने गरी निर्माण गर्न आह्वान गर्दै सातवटै प्रदेशमा प्रेस स्वतन्त्रता संरक्षण मिसन पठाउने

काठमाडौ पुस ९, नेपाल पत्रकार महासङ्घको साधारणसभा तथा विधान अधिवेशन फागुन ९ र १० पोखरामा हुने भएको छ ।महासङ्घका  महासचिव रमेश विष्टद्दारा आज जारी प्रेस विज्ञप्तिमा महासङ्घको विराटनगरमा सम्पन्न प्रदेश अध्यक्ष/महासचिव र शाखा अध्यक्षको राष्ट्रिय सम्मेलनले महासङ्घलाई प्रत्यक्ष निर्वाचन प्रणलीमा लैजान दिएको निर्देशनसहितका मार्ग निर्देशनलाई पूरा गर्न उपाध्यक्ष विपुल पोखरेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति समेत गठन गरेको उल्लेख गरिएको छ ।  

त्यस्तै पोखरामा सम्पन्न हुने केन्द्रीय साधारणसभा तथा विधान अधिवेशनका लागि अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा केन्द्रीय समिति, गण्डकी प्रदेश समितिका पदाधिकारी, गण्डकी प्रदेशका शाखा अध्यक्षहरु रहेको मूल आयोजक समिति गठन गरेको छ ।

त्यस्तै महासङ्घले मुलुकी फौजदारी, गोपनीयताको हकसम्बन्धी कानून र विद्युतीय कारोवारसम्बन्धी ऐनमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधान तत्काल संशोधन गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध उपभोग गर्ने कानूनी वातावरण तयार पार्न सरकारसँग माग गर्दै श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र समानुपातिक विज्ञापन नीति कार्यान्वयन गराउन सशक्त आन्दोलन गर्ने निर्णय गर्दै सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराएको छ ।  साथै महासङ्घले सङ्घ, प्रदेश र स्थानीय तहमा निर्माण भइरहेको समाचारसम्बन्धी कानून प्रेस स्वतन्त्रतालाई कुण्ठित नहुने गरी निर्माण गर्न आह्वान गर्दै सातवटै प्रदेशमा प्रेस स्वतन्त्रता संरक्षण मिसन पठाउने निर्णय समेत गरेको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु