शुक्रबार, बैशाख ७, २०८१

मंसिर २५ र २६ गते सार्वजनिक बिदा

धनुषा मंसिर २४,  २ नं . प्रदेश सरकारले विवाहपञ्चमी महोत्सव भव्य भव्यरुपमा मनाउन दुई दिन अर्थात मङ्सिर २५ र २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमीलाई भव्यरुपमा मनाउन सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा २५ र २६ गते जनकपुर शहरमा दीपावली मनाउन समेत सर्वसाधरणलाई आग्रह गरिएको उल्लेख गरिएको छ ।

विवाहपञ्चमी पर्व अन्र्तगत भारतको रामजन्मभूमि अयोध्याबाट ३५० को सङ्ख्यामा जन्ती जनकपुरधाम आइपुगेका छन् । जन्तीलाई जानकी मन्दिरमा भव्य स्वागत गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु