शुक्रबार, चैत्र १६, २०८०

बहुचर्चित खानेपानी आयोजना मेलम्ची फेरि अनिश्चित

काठमाडौं पुस ३, सरकार र इटालियन ठेकेदार सीमएसीबीच सोमबार बेलुकी सिंहदरबारमा भएको वार्ता बिना निष्कर्ष टुंगिएपछि बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको पुनः अनिश्चित बनेको छ। सरकारले कहिले दशैंअघि, कहिले तिहारपछि र कहिले चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं आइपुग्ने बताइरहँदा ठेकेदारले काम छाडेपछि अन्यौल भएको हो। खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा भएको सरकार(ठेकेदार वार्तामा कुनै सहमति हुन नसकेको वार्तामा सहभागी आयोजनाका एक अधिकारीले बताए।

‘सरकारले ठेकेदारको रकम किस्ताबन्दीमा दिने, ठेकेदारले काम सुरु गर्ने लाइनमा वार्ता भएको थियो,’ ती अधिकारीले भने, ‘तर ठोस सहमति भएन, वार्ता भोलि ९मंगलबार० पनि बस्ने सहमति भएको छ।’ वार्तामा मन्त्री मगरसहित खानेपानी सचिव गजेन्द्र ठाकुर, पूर्व खानेपानी सचिव भीम उपाध्याय, मेलम्चीका कार्यकारी निर्देशक सूर्यप्रकाश कँडेल र सीमएसीका आयोजना प्रमुख क्रिश्चियानो ग्रेचो र चिफ इन्जिनियर सहभागी थिए।

मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार सीमएसीले आपूmले काम गरेको रकम भन्दै सरकारसित डेढ अर्ब रुपैयाँ माग दावी गर्‍यो। सरकारले दिएन। यो मुद्दा विवाद निरुपण बोर्ड (डीआरबी) मा पुग्यो। डीआरबीले सरकारले ठेकेदारलाई ३६ करोड रुपैयाँ दिनुपर्ने निर्णय गर्‍यो। तर तीन महिना बितिसक्दा पनि खानेपानी मन्त्रालयले रकम दिने चासो देखाएन। मन्त्रालयका एक अधिकारीका अनुसार डीआरबीको निर्णय अनुसार ठेकेदारलाई पैसा दिन सरकार तयार थियो। तर एउटा मात्रै शर्त थियो, ‘यही रकम ९३६ करोड० भन्दा बढी अरु दावी गर्न नपाइने।’ ठेकेदारले भन्दै आएको थियो, ‘काम गर्दै जाँदा दावी रकम भोलि अरु पनि हुन सक्छ।’

यही विवादका कारण सीएमसीले भुक्तानी पाउन सकिरहेको थिएन। सीएमसीले पटक(पटक ताकेता गर्‍यो। काम रोक्ने चेतावनी पनि दियो। तर मेलम्ची खानेपानी विकास समितिले वास्ता गरेन। टाट पल्टन लागेको सीएमसीले पैसा नपाएपछि काम गर्न नसक्ने पत्र समिति र मन्त्रालयलाई बुझायो। सीमएसीले नेपालका सहायक ठेकेदार र आपूर्तिकर्ताहरुलाई करिब एक अर्ब रुपैयाँ तिर्न बाँकी छ। त्यसमध्ये उसले करिब १५ करोड रुपैयाँ बराबरको चेक दिएको थियो, तर बैंकमा पैसा नभएका कारण बाउन्स भयो। चेक बाउन्स भएपछि चेक काटिएका मेलम्चीका आपूर्तिकर्ताहरुले आइतबार महानगरीय प्रहरी, टेकुमा जाहेरी हालेका छन्। ‘मेलम्चीमा नेपालीहरुको एक अर्ब पैसा फसेको छ,’ सुरुङ खन्न हेभी उपकरण भाडामा दिने कम्पनीका श्रीराम न्यौपानेले अन्नपूर्णसित भने, ‘सरकारले हाम्रो डुबेको पैसा उठाइदिन सहज भूमिका खोल्नुपर्छ, नत्र हामी काम गर्न दिन्नौं।’

सीएमसीका प्रोजेक्ट मेनेजर क्रिश्चियानो ग्रेचोसहित आठ जना आइतबार राती ११ बजे कतार एयरलाईन्स हुँदै स्वदेश फर्कन लागेका थिए। ठमेलस्थित पेङगुइन होटलमा बसेका ग्रेचोले आफ्ना सहकर्मीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुझ्न पठाएपछि उनीहरुको भाग्ने योजना बाहिरिएको हो। अध्यागमन विभागले ग्रेचोका ती सहकर्मीको राहदानी कब्जामा लिएर अन्यको अवस्थाबारे जानकारी लिएपछि प्रहरीलाई जानकारी गराएको थियो। खानेपानी मन्त्रालयले यसअघि नै गृह मन्त्रालयलाई पत्राचार गर्दै सीएमसीको मेनेजरसहिते टोली भाग्न लागेको सूचनाबारे जानकारी गराएको थियो। आइतबार राती १० बजे महानगरीय प्रहरी अपराध महाशाखा, प्रहरी वृत्त दरबारमार्ग र खानेपानी मन्त्रालयको टोली ग्रेचोको खोजीमा जुटेका थिए। ग्रेचोका सहकर्मी विमानस्थलमा समातिएपछि ठेकेदारका थप

कर्मचारी भाग्ने गोप्य सूचना पाएपछि उनीहरुको राहदानी सरकारले जफत गरेको छ। इटालियन कम्पनी सिएमसीका प्रोजेक्ट म्यानेजर क्रिश्चियानो् ग्रेचोसहित आठ जनालाई आइतबार राती ठमेलस्थित रोयल पेङ्इन होटलबाट नियन्त्रणमालिई राहदानी जफत गरेको हो। मन्त्रालयको टोलीले महानगरीय प्रहरी अपराध महाशाखा र दरबारमार्ग वृत्तको टोली लिएर होटल पुगी उनीहरुलाई नियन्त्रणमा लिएको थियो। उनीहरुले आफूहरु भाग्न नखोजेको र विश्वास नलागे राहदानी जफत गर्न भनेपछि उनीहरुको राहदानी नियन्त्रणमा लिईएको जानकारी महाशाखा प्रमुख एसएसपी धिरज प्रताप सिंहले दिए।

सीएमसीले ७ अर्ब ७२ करोड रुपैयाँमा २०७० असार ३१ गते मेलम्चीको दुई हजार २१ हजार एक सय ४० मिटर सुरुङ र हेडवक्र्सको ठेक्का पाएको थियो। उसले २०७० असोज १५ गतेदेखि काम सुरु गरेको थियो। काम सुरु गरेकोबाट एक हजार ९५ दिनभित्र उसले ठेक्का पूरा गर्नुपर्ने शर्त थियो। सिन्धुपाल्चोकको मेलम्चीदेखि काठमाडौंको सुन्दरीजलसम्म कूल साढे २६ किलोमिटर सुरुङ खन्ने काम गत चैत ३० गते पूरा भएको थियो। त्यसपछि सुरुङको कंक्रिट लाइनिङ काममध्ये झन्डै एक किलोमिटर बाँकी छ भने हेडवक्र्सतर्पm सीएमसीले खासै काम गरेको छैन। चिनियाँ ठेकेदार सीआरसीसीसित ठेक्का सम्झौता रद्द भएपछि सीएमसीले पाएको थियो। २०६५ फागुन ७ गते सीआरसीसीसित सम्झौता भएको थियो। उसले १५९० दिनभित्र काम पूरा गर्ने सम्झौता थियो। उसले जम्मा ६।६ किलोमिटर मात्र सुरुङ खनेपछि २०६९ असोज ९ मा ठेक्का सम्झौता रद्द भएको थियो। अन्नपूर्णपोष्टबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।