मङ्लबार, बैशाख ११, २०८१

फोटो पत्रकार शाहलाई रिहा गर्न माग

काठमाडौ मंसिर २७, नेपाल पत्रकार महासंघले देश सञ्चार अनलाइनमा कार्यरत फोटो पत्रकार वर्षा शाहलाई राष्ट्रपति कार्यालय अगाडिबाट समाचार सङ्कलन तथा फोटो खिच्ने क्रममा प्रहरीले आज अपराह्न पक्राउ गरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै शीतल निवासअगाडि भएको विरोध प्रदर्शनको स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाह गर्दै फोटो खिचिरहेकी पत्रकार शाहलाई प्रहरीले बिनाकारण पक्राउ गर्नु भनेको प्रेस स्वतन्त्रताविरोधी कार्य भएको जिकिर गर्दै प्रहरीबाट भएको यस्ता कार्यको घोर भत्र्सना सहित पत्रकार शाहको तत्काल रिहाइको माग गरेको छ ।

साथै यस किसिमको घटनाले फोटो पत्रकारले स्वतन्त्रतापूर्वक फोटो खिच्न पाउने अधिकारको हनन भएको भन्दै घटना नदोहो-याउन र प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न महासंघले सम्बन्धित निकायसँग माग गरेको छ ।

यसैवीच राष्ट्रिय फोटो पत्रकार समूहले आजै विज्ञप्त जारी गर्दै  पत्रकारको संविधान प्रदत्त अधिकारमाथि प्रहरीले गरेको हस्तक्षपको  निन्दागर्दै प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेपको भत्र्सना गरेको छ ।