शुक्रबार, चैत्र १६, २०८०

प्रेस सोसाइटी प्रदेश २ मा नेपाली

लहान मंसिर २४ , नेपाल प्रेस सोसाइटीको २ नम्बर प्रदेशको भेला सम्पन्न भएको छ । भेलाले नबिन नेपालीको संयोजकत्वमा १५ सदस्यीय समिति चयन गरेको छ । समितिको सहसंयोजक ललन कुमार चौरासिया र सचिवमा अनिल कुशवाह चयन भएका छन । त्यस्तै सदस्यहरुमा राम बिनय साह ( बारा), राजेश साह (रौतहट), राम महतो (सर्लाही ), कैलाश श्रीवास्तव (सप्तरी), सरोज यादब (सर्लाही), आनन्द यादव (सप्तरी) उशा थापा (धनुषा ), जुसी चौधरी (सप्तरी ) महिद्दिन मन्सुरी (सप्तरी), कृष्ण यादव (सप्तरी ), धर्मेन्द्र पासवान (सिरहा), सरोज सन्त (सिरहा) रहेका छन् ।

सिरहाको लहानमा भएको भेलामा नयाँ शक्ति पार्टी २ नम्बर प्रदेश संयोजक शुशिल यादव, कार्यकारी सदस्यहरु राजेश बिद्रोही, लिलाहरी खतिवडा, प्रचार बिभाग प्रमुख बिश्वदीप पाण्डे, सचिव मनोज ढोडारी, प्रेस सोसाइटी अध्यक्ष रुद्र भट्ट, उपाध्यक्ष केशव अर्याल, प्रचार बिभाग २ नम्बर प्रदेश संयोजक मोनिका सिं लगायतले प्रेस सोसाइटी र प्रचारका रणनीतिका बारेमा आ-आफ्ना धारणा राख्नु भएको थियो । शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । निर्वाचित संयोजक नेपाली सहितका पदाधिकारीले आ-आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । भेला नबिन नेपालीको अध्यक्षताम भएको थियोे ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।