बिहिबार, बैशाख १३, २०८१

प्रस्तावित विधान मस्यौदा पारित गर्दैआज साँझबाट काँग्रेस महासमिति समापन गर्ने तयारी

काठमाडौ पुस ८,  जारी नेपाली कांग्रेसको महासमिति बैठकमा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि धारणा राख्ने क्रम जारी छ। आइतबार बाँकी महासमिति सदस्य र जिल्ला सभापतहरूले विधान प्रस्तावमाथि आफ्नो धारणा राखेसंग आज साँझबाट बैठक समापन गर्ने तयारी भइरहेको थाहा भएको छ।  केन्द्रीय समितिको बैठकबाट प्रस्ताव पारित गरिएपनि महासमिति बैठकमा प्रस्तुत गर्ने क्रममा महासमिति सदस्यहरूले प्रस्तावित मस्यौदाको केही बुँदामा असहमति राखेसंगै बैठक लम्विएको हो ।

अन्तत शनिवारको बैठकमा पार्टी सभापति शेरवहादुर देउवाले सदस्यहरुको विमतिका वावजुद पनि केन्द्रीय समितिले प्रस्तावित विधान प्रति सहमति कायम गरिसकेको अवस्थाा कुनै पनि बुँदा परिवर्तन नगर्ने जनाउ दिएसंगै आज सामान्य छलफल पछि महासमिति बैठकमा पेश भएका ५ वटा प्रतिवेदन पारित गरी अपराह्न घोषणापत्र जारी गर्दै बैठक समापन हुने कांग्रेसले जनाएको छ ।

 स्मरण रहोस कांग्रेस केन्द्रीय समितिले ल्याएको विधान संशोधन प्रस्तावमा समावेशी सिद्धान्तको आधारमा आठ सहमहामन्त्रीसहित एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक कोषाध्यक्ष राख्ने व्यवस्था छ। जसमध्ये कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तो छ  प्रस्तावित विधानको  पूर्णपाठ 

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।