शनिबार, बैशाख ८, २०८१

प्रस्तावित प्रन्या जबराको संसदीय सुनुवाइ आइतबार,व्यक्ति विशेषबाट प्रभावित हुँदै न्याय निरुपण गर्नेलाइ प्रन्या बनाउँन नहुँने उजुरीकताको जिकिर

काठमाडौं, पुस १४,  सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संसदीय सुनुवाइ आइतवार हुने भएको छ । यसैक्रमा प्रस्तावित प्रन्या जवरा विरुद्ध परेको  उजुरीको सवालमा समितिले उजुरीकर्तासँग शुक्रवार छलफल गरेको छ ।

संवैधानिक परिषदले सर्वोच्च अदालतमा तीन वर्ष सेवा अवधि पुगेको वरिष्ठतम् न्यायाधीशकारुपमा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा जबराको प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएसंगै समितिले सूचना प्रकाशित गरी यही पुस ११ गतेसम्म जवरालाइ प्रन्यामा अनुमोदन गर्न हुने वा नहुँने भन्दै सर्वसाधारण्को तर्फबाट उजुरी आह्वान गरेकामा ९ जनाले उजुरी दर्ता गराएका थिए ।

त्यसक्रममा उजुरीकर्ताहरुले व्यक्ति विशेषबाट प्रभावित भएर न्याय निरुपण गर्ने जवराको चरित्र प्रधानन्यायाधीशजस्तो गरिमामय पदमा नियुक्त गर्नु उपयुक्त नहुने  समिति समक्ष जिकिर गरेको समितिले जनाएको छ । त्यस लगत्तै समितिले प्रस्तावित प्रधानन्यायाधीश जबरालाई संसदीय सुनुवाइका लागि आगामी आइतबार दिउँसो २ बजे बोलाउने निर्णय गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।