बुधबार, बैशाख १२, २०८१

प्रदेशसभा बैठक पुस ११ मा

काठमाडौं पुस १०,  प्रदेश नं ३ प्रदेशसभाको बैठक पुस ११ गते बुधवार दिनको ३ बजे बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।सचिवालयबाट प्राप्त जानकारी अनुसार बैठकमा विभिन्न चार विधेयक पूर्ण छलफलका लागि प्रस्तुत हुने बताएको छ ।

त्यस्तै बैठकमा विभिन्न ४ विधेयकमध्ये प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक २०७५, प्रदेशभित्र राष्ट्रिय वनको संरक्षण, सु–व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश सरकारको सञ्चालन एवम व्यवस्थापन गर्न बनेको विधेयक २०७५ र प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सु–व्यवस्था गर्न बनेको विधेयकलाई थप संंशोधन गर्न बनेको विधेयक २०७५ लाई पूर्ण छलफलका लागि प्रस्तुत गरिने जनाएको छ ।

यसअघि प्रदेश सभाको बैठक गत मङ्सिर ११ गते बसी पाँच वटा विधेयक पारित गरेर स्थगन भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।