शुक्रबार, बैशाख ७, २०८१

पाँच लाख नगदसहित १३ जुवाडेसंगै गेष्ट हाउस सञ्चालक कार्की पक्राउ

काठमाडौं मंसिर १७, काठमाडौ जोरपाटीको नयाँबस्तीबाट आइतबार मध्यराति जुवा खेलिरहेको अवस्थामा रु पाँच लाख ३१ हजार नगदसहित १३ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी कार्यालय बौद्धका अनुसार काठमाडौ महानगरपालिका–६ स्थित राम कार्कीले सञ्चालन गरेको पूर्वेली गेष्ट हाउसबाट विशृष सूचनाको आधारमा निजहरुलाइ पक्राउ गरेको जनाउँदै गेष्ट हाउस सञ्चालक ३६ वर्षीय राम कार्कीसहित १३ जनालाई मध्यरातको आइतवार समयमा नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा बारा स्थायी घर भई काठमाडौ बस्ने ४२ वर्षीय राजकुमार तिवारी, काभ्रे घर भई काठमाडौ बस्ने ३४ वर्षीय केशव नेपाल, उदयपुर घर भई काठमाडौँ बस्ने ३० वर्षीय मानबहादुर मगर, सिन्धुपाल्चोक घर भई काठमाडौ बस्ने ३६ वर्षीय विशाल सुनारसहित १३ जना रहेका रहेका छन् । पक्राउ परेको उनीहरुको थप अनुसन्धान भइरहेको तथा प्रचलित कानूनअनुसार मुद्दा चलाइने प्रहरीले बताएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु