मङ्लबार, बैशाख ४, २०८१

पश्चिमी वायुको प्रभावले चिसो बढ्यो: मौसम पूर्वानुमान महाशाखा

काठमाडौ मंसिर १९ , पश्चिमी चिसो वायुको प्रभावले काठमाडौं लगायतका आसपासका क्षेत्रमा आज अत्याधिक चिसोको अनुभव गरिएको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तामक्रम नबढ्दा चिसो बढेको अनुभव भएको जनाउँदै आज उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षासमेत हुने सम्भावना रहेको जनाएको छ ।
त्यस्तै महाशाखाले विहिवार दिउँसो पहाडी भूभागमा मौसम आंशिक बदली हुने र उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।