बुधबार, बैशाख १२, २०८१

पर्यटन प्रर्वद्धनका लागि होमस्टे महत्वपूर्ण

  •  रामचन्द्र प्रजापति

भक्तपुर मंसिर १५,  पर्यटन विकासलाई टेवा पुर्याउने उदेश्यले भक्तपुर नगरपालिका वडा न ३ स्थित १० वटा सहकारी संस्थाको सहभागितामा होमस्टे सम्वन्धी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रमका प्रमुख वक्ता भक्तपुर नगरपालिका वडा न ३ का वडा अध्यक्ष राजकृष्ण गोराले सहकारी संस्थाले कला संस्कृति बचाउन होमस्टे मार्फत भुमिका खेल्दै पर्यटन बिकासमा लगानी गर्नुपर्ने बताउँनु भएको उक्त कार्यक्रम याकती अजिमा बचत तथा ऋण सहकारी संस्था लि भक्तपुरका अध्यक्ष रामगोपाल चगुठीको सभापतित्वमा सम्पन्न भएको थियो ।

त्यस्तै  पर्यटन विकासका लागि सहकारीसंग सहकार्य गर्न भक्तपुर पर्यटन बिकास समिति सदैव तयार रहेको पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले जनाउ दिनु भएको उक्त कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुनिल कुमार पाण्डे , होमस्टे प्रशिक्षणका प्रशिक्षक राजकुमार लामिछाने लगायतले पर्यटन बिकास सम्बन्धि आ-आफ्नो धारणा राख्नु भएको  कार्यक्रममा भिजिट नेपाल २०२० को सरकारको अवधारणालाई टेवा पुर्‍याउन केहि समय भित्रै फुड फेस्टिवल गर्ने कार्यक्रमका आयोजना गरिने समेत जानकारी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।