शुक्रबार, चैत्र १६, २०८०

पदाधिकारी सख्या थप गर्दै प्रस्तावित विधान सर्वसम्मतरुपमा पारित गर्ने काँग्रेस संस्थापनको तयारी

काठमाडौं मसिंर १९,  नेपाली कांग्रेसले आफ्नो प्रस्तावित विधान संशोधनसर्वसम्मतबाटै पारित गर्ने भएको छ । लामो समयदेखि विधानबारे छलफल तथा बहस चल्दै गरेपनि अन्तत प्रस्तावित विधानमा पदाधिकारीको सख्या थप गर्दै सर्वसम्मतीमा पारित गर्ने तयारी सुरु भएको सम्वद्ध स्रोतले जनाएको छ ।

समाचार स्रोतका अनुसार बैठकमा वोल्ने केन्द्रीय सदस्यहरुको भावना मात्र नभएर बरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई खुशी तुल्याउनको लागि पनि पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी थप्ने आन्तरिक तयारी गरेको यसको लागि आफु निकटका केन्द्रीय सदस्यहरुसंग छलफल गरिसकेको बताईएको छ ।

सागै सभापति देउवाले नेता पौडेलसंग समेत अनौपाचारिक रुपमा छलफल गरिसकेको दावी गर्दै प्रस्तवित विधानमा महामन्त्रीको संख्या थप गर्दै पदेशीक संरचना अन्रुप ७ वटै प्रदेशमा ७ जना सह–महामन्त्रीको व्यवस्था गर्ने तयारी रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।