बुधबार, बैशाख १२, २०८१

नेविसङ्घ पर्साका कार्यकर्ताबीच खुकुरी हानाहान

काठमाडौ पुस ११ , नेपाल विद्यार्थी सङ्घ पर्साका कार्यकर्ताबीच जिल्ला अधिवेशनको विषयमा भएको विवाद झगडा खुकुरी हानाहानमा रुपान्तरण भएको छ ।

पर्सा काङ्ग्रेस कार्यालयमा बसेको बैठकमा नेविसङ्घका दुई गुटका कार्यकर्ताबीच भएको भनाभनको क्रममा आज अपरान्ह खुकुरी हानाहानको अवस्थााम पुग्दा ठाकुरराम बहुमुखी क्याम्पसका नेविसङ्घ एकाइ उपाध्यक्ष समीर अन्सारी घाइते भएको स्थानीय प्रहरीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट अन्सारीको टाउकोमा गम्भीर चोट लागेको र उनको घाइते अन्सारीलाई उपचारका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरको जनाएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।