शनिबार, बैशाख ८, २०८१

नेपाल इञ्जिनीयर्समा एशोसिएशनमा प्रगतिशीलको बर्चश्व

काठमाडौ पौष २,  गत शुक्रबार काठमाडौँलगायत सात वटै प्रदेशमा भएको नेपाल इञ्जिनीयर्स एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्ष र महासचिवमा प्रगतिशील समूहका प्रा डा त्रिरत्न बज्राचार्य , छविराज पोखरेल विजयी हुनुभएको छ ।

आज सम्पन्न मतगणना अनुसार ४१३ को परक मतमा लोकतान्त्रिक समूहका हिरण्यमान प्रधानलाई पराजित गर्दै अध्यक्षका उम्मेदवार बज्राचार्य र पोखरेलले चार हजार ८४५ मत प्राप्त गरि विजयी भएको निर्वाचन समतिले जनाएको छ ।

यस्तै उपाध्यक्ष , उपमहासचिव र कोषाध्यक्ष र सहकोषाध्यक्षमा मा पनि प्रगतिशील समूहकै आषिश घिमिरे ,कपिल आचार्य रामएकवाल यादव चाँदमाला श्रेष्ठ विजयी भएका छन ।

प्रस्तुत निर्वाचनम यस्तै लोकतान्त्रिक समूहका सागर श्रेष्ठ, सुजन भट्ट, प्रकाश बुढा, अनिल मानन्धर, एभरेष्ट केसी, ज्योतिमणि भट्टराई, उमेशप्रसाद चौधरी र सुदर्शन भण्डारी सदस्यमा विजयी भएको निर्वाचन समतिले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।