शनिबार, बैशाख ८, २०८१

नेता विश्वकर्माले भने प्रधानमन्त्रीको तहबाट क्रिश्चियन धर्मलाई उच्च सम्मान र हिन्दू धर्मको खिल्ली उडाउने काम गरे

सरकारले क्रिश्चियन धर्म विशेषको कार्यक्रममा सहभागिता जनाउनु आपत्तिजनक:रा प्र पा  प्रजातान्त्रिक  अध्यक्ष  राणा 

काठमाडौं मंसिर १८,  नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले एशिया प्यासिफिक समिटमा सरकारको संलग्नता हुनु नेपालको लागि सबैभन्दा ठूलो दुर्घट्ना भएको बताउँनु भएको छ ।

आज रिपोर्टर्स क्लब नेपालले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा साक्षात्कारमा बोल्दै नेता विश्वकर्माले भने समिटको आयोजक संस्था र साझेदारी संस्थाप्रति हाम्रो सुरुदेखि नै असहमति रहदै आएको बताए ।  त्यस्तै गरि उहँले समिट आयोजक संस्था क्रिश्चियनहरुभित्रै विवादित संस्था भएकोले उक्त संस्थालाई आम क्रिश्चियनहरुले पनि नपत्याएको बताउँदै उहाँले संस्थाका प्रमुखलाई उत्तर कोरिया, जापान र बेलायत जान प्रतिबन्ध गरिएको बताउँदै उनकै कान्छी श्रीमती मुनलाई नेपालमा ल्याएर आर्शिवाद लिनु गलत भएको टिप्पणी समेत गरेका छन ।

साथै उहाँले समिटका लागि हाम्रा प्रधानमन्त्री त चार रात प्रधानमन्त्री निवास छोडेर होटेलमा गएर बस्नुभयो । अरु देशमा मन्त्रीहरुपनि नजाने कार्यक्रममा हाम्रो देशका प्रधानमन्त्रीले त निवास नै छोडेर जानु झन आश्चर्यको विषय भएको भन्दै हाम्रो मुलुकको हिन्दूवादीहरु धार्मिक सहिष्णुता भएकै कारण सम्मेलनका पाहुनाहरु होटलमा छिर्न पाएका बताउँदै अस्वस्थ भएर कार्यकर्तासमेत नभेटेका प्रधानमन्त्री ओलीले धर्म विशेषलाई प्रचार गर्न यत्रो ठूलो सक्रियता देखाएको भन्दै कडा आक्रोश पोखेका छन । त्यस्तैगरि प्रधानमन्त्रीको तहबाट क्रिश्चियन धर्मलाई उच्च सम्मान र हिन्दू धर्मलाई खिल्ली उडाउने काम भएकोमा यसको आफूहरुले विधिसम्मत् ढंगले प्रतिवाद गर्ने पनि बताए ।

त्यस्तैगरि अन्तरसंवादका अर्का वक्ता राष्ट्रिय प्रजातन्त्र पार्टी  प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले सरकारले क्रिश्चियन धर्म विशेषको कार्यक्रममा सहभागिता जनाउनु आपत्तिजनक रहेको भन्दै  सरकारको यो कदमप्रति गम्भिर आपत्ति जनाउँनु भएको छ ।त्यस्तै उहाँले सरकारले एशिया प्यासिफिक समिटको नाममा ९क्रिश्चियन धर्म०को पक्षमा सरकारले आफ्नो साधन, स्रोतलाई दुरुपयोग गरेर यसको पक्षपोषण गर्नु माधव नेपाल र ओलीको कदम धर्मनिरपेक्षताविरोधी कदम भएको आरोप समेत लगाए

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।