बिहिबार, बैशाख १३, २०८१

नेकपा भित्र प्रम ओलीको तिव्र आलोचना , १ लाख डलरको अवार्ड निल्नु न ओकल्नु

काठमाडौं मंसिर १८  प्रधानमन्त्री केपी ओलीले विवादित एशिया प्यासिफिक समिटमा मन्त्रिपरिषदलाई छलेर युर्निभर्सल पिस फेडरेसनले नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै संस्थाकी प्रमुख हक जा हान मुनले  दिएको  एक लाख डलरको गुड गभर्नेन्स  अवार्डमा उनले मन्त्रिपरिषदलाई छलेको भन्दै प्रम ओली विरुद्ध तिव् आलोचना सुरु भएको छ ।

यद्यपी प्रधानमन्त्रीले त्यो रकम सरकारलाई हस्तान्तरण गरेर युवा तथा बालबालिकाको क्षेत्रमा खर्च गर्ने बताए पनि स्थित सामान्य बनेको छैन । उच्च पदस्थ व्यक्ति त्यसमाथि पनि प्रमजस्तो व्यक्तिले अवार्ड लिदा मन्त्रिपरिषदको स्वीकृत लिनुपर्ने नियम लत्याउँदै प्रस्तुत हर्कतका कारण नेकपाभित्र अहिले प्रम ओली विरुद्धमा शीर्ष नेताहरु उत्रिएका छन् ।

नेकपाका शिर्ष तहका नेताहरुले प्रम ओलीले नेपालको अस्मिता, गरिमा र धार्मिक संस्कारमाथि प्रहार गरेको गरेको जनाउ दिदै गर्दा ओली अहिले तनाबमा रहेको बुझिएको छ । यस क्रममा नेकपा अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, शीर्ष नेता वामदेव गौतम भीम रावल लगायतका प्रभावशाली नेताले प्रमको हर्कट ठिक नभएको भन्दै तत्काल प्रधानमन्त्रीबाट राजिनमा दिनुपर्ने मागको उठान समेत गरेको बताउँदै सम्वद्ध स्रोतले समिट त सकियो  तर नेकपा भित्र कम्पनको अर्को समिट सुरु भएको बताएका छन ।  यि यस्ता खेललाइ राम्ररी बुझेका नेकपा अध्यक्ष भने विवादास्पद खेलबाट जोगिएको छन । समिटको समापन समारोहमा प्रचण्डलाई मुख्य अतिथि बनाईए पनि प्रचण्ड  विरामी भएको भन्दै भाग लिएनन यि यस्ता  यावत घटनाक्रमका कारण प्रम ओलीलाइ १ डरलको अवार्ड निल्नु न ओकल्नु भएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।