शुक्रबार, बैशाख ७, २०८१

नेकपाको स्थायी समिति बैठक: अध्यक्षद्दयको सयुक्त प्रतिवेदन संगै नेता गौतमको प्रतिवेदन प्रस्तुत

काठमाडौ मंसिर २९,  सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक सम्पन्न भएको छ । बैठकमा प्रम ओली र अध्यक्ष प्रचण्डले संयुक्त रुपमा प्रस्तुत गरेको २२ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा सरकारको समिक्षा सहित पार्टी एकता, संगठनात्मक एकीकरण, सरकार सञ्चालनका नौ महिना, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक दलहरुको भूमिका, केन्द्रीय सचिवालयहरुको निर्णयहरुको अनुमोदन, पार्टीका आन्तरिक जीवनलाई व्यवस्थित बनाउने सम्बन्धमा र आगामी कार्यभार लगायतका प्रसंगमा जिकिर गर्दै आउने माघ, फागुणपछि पार्टी एकताको सन्देश लिएर देशव्यापी जानेपनि उल्लेख गरिएको छ ।

तर पार्टीका प्रभावशाली नेता बामदेव गौतमले बैठकमा छुट्टै प्रस्तुत गरेको प्रतिवेदनमा अध्यक्षद्दयको प्रतिवेदनमा फरक मत सहितको सुझाव समेटिएको प्रतिवेदन प्रस्तुत गरेको र सो प्रतिवेदन अध्ययनका लागि सबै सदस्यलाई आज वितरण गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छा । त्यस्तै प्रवक्ता श्रेष्ठका अनुसार आजको बैठकमा केहिमुलभूत विषयमा छलफल भएपनि प्रस्तुत प्रतिवेदनको अध्यन पछि आगामी पौष २ गते बस्ने अर्को बैठकमा  एकता प्रक्रियामा बाँकी रहेका काम कारवाहीलाई तत्काल पूर्णता दिने, सरकारको काम कारवाहीको समीक्षा गर्ने, सकारात्मक काम कारवाहीलाई थप अगाडि बढाउने र विद्यमन  कमजोरी हटाएर जानेलगायतका विषय स्थायी समिति बैठकमा पेश गर्ने गरी  तय गरिएका  कार्यसूचीउपर  नितिगत निर्णय हुने जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु