बुधबार, बैशाख १२, २०८१

नेकपाको बैठक यसकारण स्थगित गरियो

काठमाडौ पुस ८,  नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक पुस ११ गतेसम्मका लागि स्थगित भएको छ । यसअघि आज विहान पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलेजारी स्थायी समितिको पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा जारी जारी बैठकमा नेता प्रदीप ज्ञवालीले आफ्नो धारणा राखेसंगै अध्यक्षद्वय केपी ओली र प्रचण्डको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको र आजै अपरान्ह अध्यक्षद्दयको राजनैतीक प्रतिवेदन उपर उठेको प्रश्नको अपरान्ह बस्ने बैठकमा अध्यक्षद्वयले जवाफ दिने बताउँनु भएको थियो ।

तर यसवीचमा प्रधानमन्त्री केपी ओलीको व्यस्तताका कारण देखाउँदै बैठक ११ गते बस्नेगरी स्थगित गर्दै अध्यक्षद्दयले बैठकमा राजनीतिक प्रवितेदनमाथि उठेको असन्तुष्टिको सामना गर्न हस्केका कारण अचानक बैठक स्थगन गरेको बताएका छन ।

तर नेकपाका एक वरिष्ठ नेताले भने राजनीतिक प्रवितेदनमाथि बढ्दो असन्तुष्टि र नेता वामदेव गौतमको फक प्रतिवेदनको सवालमा अध्यक्ष ओली नेता गौतमवीच छलफल हुन नसकेको र छलफल पछिमात्र बैठकमा प्रस्तुत हुँदा पहतकर हुने देखिएका कारण आजको बैठक स्थगन गरिएको जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।