शुक्रबार, बैशाख ७, २०८१

नेकपाका अध्यक्ष प्रचण्ड विरुद्ध जथाभाबी लेखेको आरोपमा तरुण नेता प्रधान पक्राउ

 काठमाडौं पुस ९,  नेकपाका अध्यक्ष प्रचण् विरुद्ध फेसबुकमा जथाभाबी लेखेको आरोपमा तरुणदलका पूर्व केन्द्रीय सदस्य सुबोध प्रधान पक्राउ परेका छन् । पर्यटन व्यवसायी समेत रहेका तरुण नेता प्रधानले ३ दिन अघि फेसबुकमा आपत्तिजनक वाक्य राखेको भन्ने उजुरीका आधारमा प्रधानलाई नियन्त्रणमा लिएको चितवनका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले बताए।

त्यस्तै तरुण दल चितवनका निवर्तमान अध्यक्ष राम श्रेष्ठका अनुसार प्रधानलाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय भरतपुरमा राखिएको बताए ।

त्यस्तै प्रहरीका अनुसार प्रधान विरुद्ध उजुरी परेपछि सोधपुछका लागि ल्याएको हो। जाहेरी आए हिरासतमा पनि राख्नु पर्ला नभए अहिले सोधपुछ भइरहेको छ। थप के हुने हो कुनै निधो भइनसकेको प्रहरीले बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु