बिहिबार, बैशाख ६, २०८१

नागरिक चेतना अभिवृद्धिका लागि सामुदायिक सिकाइ केन्द्र भवनको भूमिका महत्वपूर्ण: प्रमुख शाक्य

काठमाडौंं पुष १४ , महानगरको वडा न. १२ बडा भवनसँगै जोडिएको चिन्तामणि सामुदायिक अध्ययन केन्द्रको शनिबार महानगरका प्रमुुख विद्यासुन्दर शाक्यले सुभारम्भ गर्नु भएको छ । सुभारम्भ सत्रलाइ सम्बोधन गर्दै महानगर प्रमुख शाक्यले महानगरको सन्तुलित र सर्वाङ्गीण विकासका लागि अनौपचारिक क्षेत्रका हरेक कामको प्रभाव महसुस गरेको बताउँदै सरकारले दिने सेवा सुविधा हरेक नागरिकलाई समान वितरण व्यवस्था गर्न यसरी प्राप्त भएको सहयोगको प्रशंशा गर्दै भवनमा सञ्चालन हुने कार्यक्रमले नागरिक चेतना बढाउन ठूलो सहयोग पुग्ने विश्वाश लिएको बताउँनु भएको छ ।

त्यस्तै उद्घाटन समारोहमा उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले सामुदायिक अध्ययन केन्द्र महिला शशक्तिकरणका लागि महत्वपूर्ण ठाउँ भएको धारणा राख्नुभयो । यस केन्द्रले घरभित्र थुनिएका महिलालाई बाहिर निकाल्न सहयोगी हुने विस्वास व्यक्त गर्न भएको उक्त कार्यक्रममा महानगरका प्रवक्ता ईश्वरमान डंगोलले समाज रुपान्तरणको जग शिक्षा भएकोले सबै बर्गमा शिक्षाका कार्यक्रम पु-याउने कार्यक्रम महानगरका प्राथमिक काम रहेको प्रसङ्ग उल्लेख गर्नु भएको थियो ।  त्यस्तै वडा १२ का अध्यक्ष विकास डंगोलले  सामुदायिक सिकाइ केन्द्रले महिला शशक्तिकरण र युवाहरुको सीप विकासमा योगदान पु-याएको अनुभव सुनाउनुभएको थियो ।

२०६९ सालमा निर्माण शुरु गरिएको भवन २०७१ सालमा निर्माण सम्पन्न भएको थियो । करीव १४ लाख रुपैयाँ लागत र सोही अनुपातमा जनश्रमदानबाट निर्माण गरिएको ३ तले भवनको भुइँतलामा पार्किङ गर्ने ठाउँ र एउटा कोठा छ । दोश्रो तलामा कार्यालय चलाइएको छ भने तेश्रो तलामा सभा कक्ष रहेको छ । त्यस्तै कार्यक्रममा दिईएको जानकारी अनुसार उक्त भवनमा पछिल्लो समय गृहिणी महिला, विद्यालय शिक्षाको अवसर नपाएका बालबालिकालाई शिक्षा दिने तथा सीपमुलक सञ्चालन हुँदै आएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु