शनिबार, बैशाख ८, २०८१

दिवंगत पितृ उद्धारका कामना सहित मनाइयो बालाचतुर्दशी

काठमाडौं मंसिर २०, प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशी अर्थात् आजैका दिन मनाइने बालाचतुर्दशी पर्वको अवसरमा दिवंगत पितृ उद्धारका कामना गदै आज पशुपतिलगायत विभिन्न शिवालयमा शतबीज अर्थात छरेर (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) बालाचतुर्दशी मनाइँदैछ । पर्वको अवसरमा देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको उपस्थितीसंगै आज पशुपतिमानाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।

त्यस्तै भगवान् शिव मृगरुप लिएर घुम्नु भएको पूण्यक्षेत्र पशुपतिमा छरेको सतबीज दिवंगत भएका आफन्तले पाउँछन् भन्ने धार्मिक विश्वास सहित मनाउँने गरेको यस पर्वका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पूण्य मिल्ने र दिवंगत आत्माले मुक्ति पाउने धर्मसास्त्रमा उल्लेख रहेको पाइन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।