बिहिबार, चैत्र १५, २०८०

डा तुलसी गिरीको निधनप्रति कसले के भने ?

काठमाडौं पुस ३,  पूर्वप्रधानमन्त्री डा.तुलसी गिरीको निधनप्रति मुलुकका वहालवाला  प्रधानमन्त्री देखि प्रमुख प्रतिपक्षीदलका नेता एवम काँग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताले डा. गिरीको योगदानको स्मरण गर्दै दुःख प्रकट गरेका छन् ।

यस क्रममा प्रधानमन्त्री केपी ओलीले ट्वीटरमार्फत डा.गिरीको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुको अलावा पूर्वप्रधानमन्त्री तुलसी गिरीको निधन भएको खबरले मलाई दुःख लागेको छ । शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।

त्यस्तै पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि  आफ्नो ट्वीटर एकाउण्ट मार्फत ‘पूर्वप्रधानमन्त्री तुलसी गिरीजीको निधनको खबरले दुःखी भएको जनाउ दिदै स्वर्गीय गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन ।

यहि क्रममा पूर्वप्रम डा. बाबुराम भट्टराईले पनि ट्वीट गर्दै पूर्वप्रम डा। तुलसी गिरीको निधन प्रति श्रद्धाञ्जली र आफन्तजनमा गहिरो समवेदना प्रकट गर्नुको अलावा फरक राजनीतिक धारमा उभिए पनि वहाँ एक विशिष्ठ प्रतिभा हुनुहुन्थ्यो । संसार विपरीतहरुको एकत्व हो । विपरीत प्रवर्गको अस्तित्व स्वीकार्नु प्रवोधन हो । सबैले मनन् गरौं  भन्ने अभिव्यक्ति दिएका  छन ।

२०१७ साल यता पटक पटक मुलुकको कार्यकारी सत्ताको जिम्मेवारीमा रहेका डा .गिरी पछिल्लो समय अर्थात २०६१ माघ १९ पछि मन्त्रीपरिषदको उपाध्यक्षको जिम्मेवारीमा रहेका तत्कालीन नेपालका प्रधानमन्त्री डा।तुल्सी गिरीको  ९३ बर्षको उमेरमा आज निधन भएको हो । उहाँ लामो समय यता किड्नी, मुटु लगायतका विभिन्न रोगबाट प्रताडित हुँदै आएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।