बिहिबार, बैशाख १३, २०८१

डा.गिरीको निधन

काठमाडौ पुस ३, तत्कालीन नेपालका प्रधानमन्त्री डा। तुल्सी गिरीको  ९३ बर्षको उमेरमा आज निधन भएको छ ।

लामो समय यता किड्नी, मुटु लगायतका विभिन्न रोगबाट प्रताडित डा गिरीको पछिल्लो पटक ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा यपचार भइरहेको र उपचारको क्रममानै उहाँको निधन भएका बुझिएको छ ।

यसैक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना सहयोगी पशुपतिभक्त महर्जन मार्फत बुढानिलकण्ठस्थित गिरी निवासमा समवेदना पत्र सहित डा गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ

२०१७ साल यता पटक पटक मुलुकको कार्यकारी सत्ताको जिम्मेवारीमा रहेका डा गिरी पछिल्लो समय अर्थात २०६१ माघ १९ पछि मन्त्रीपरिषदको उपाध्यक्षको जिम्मेवारीमा रहेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।