बिहिबार, चैत्र १५, २०८०

जनताको म्यान्डेट विनम्रतापूर्वक स्विकार गर्दछौं : नरेन्द्र मोदी

काठमाडौं मंसिर २६ , भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच राज्यको विधानसभा निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै आफ्नो ट्विटरमा एकाउण्टबाट हारजीत जिन्दगीको हिस्सा भएको बताएका छन् ।

केन्द्रीय सरकारमा प्रचण्ड बहुमतसहित सत्ताको नेतृत्व गर्दै आइरहेको जनता पार्टीले अघिल्लो निर्वाचनको तुलनामा यसपटक विधानसभाको निर्वाचनमा १८५ सिट गुमाएपछि उनले सामाजिक सञ्जाल ट्विटरमा यस्तो धारणा व्यक्त गरेको हो ।

भारतीय प्रम मोदीले ट्विटरमा लेखेका छन्,
‘म कार्यकर्ताको मेहनेतलाई सलाम गर्छु’, ‘हारजीत जिन्दगीको हिस्सा हो ।’ विधानसभा चुनावमा जसरी आफ्ना कार्यकर्ताले दिनरात मिहिनेत गरेको छन त्यो आफैम तारिफ योग्य भएको बताउँदै भनेका छन ‘हामी जनताको म्यान्डेट विनम्रतापूर्वक स्विकार गर्दछौं ।’

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।