शुक्रबार, चैत्र १६, २०८०

जनताको गुनासो स्वभाविक :मन्त्री बस्नेत

रामचन्द्र प्रजापति/ भक्तपुर मंसिर  २६,   भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाको सिमाना साँगामा आज अरनिको राजमार्गको पहिलो चरणको सरसफाइ समापन तथा दोस्रो चरणको सरसफाई कार्यक्रमको सुभारम्भ गर्दै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जनताले सोचेजस्तो छिटो काम गर्न सरकारले सकेन भन्ने गुनासो स्वभाविक भएको बताउँनु भएको छ ।

देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्दै प्रदेश, स्थानीय सरकार व्यवस्थापन गर्नमै सरकारको आठ नौ महीना बित्यो, अब सरकारले तीव्र गतिमा गुनासो नआउने गरी जनताले सोचेजस्तै गरी काम गर्ने बताउँदै मन्त्री बस्नेतले सरसरफाइ अभियानलाई मन्त्रालयको सधैँ साथ र सहयोग रहने बताउँदै भक्तपुरमा निर्माण हु्न लागेको प्राणी उद्यान निर्माणको काम यसै वर्षबाट शुरु हुने बताउनुभएको छ ।

त्यस्तै कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का सांसद महेश बस्नेतले देशमा संघियता कार्यान्वयनसँगै विकासको गतिले लिएको तिव्रतालाई कुनै पनि शक्तिले छेक्न नसक्ने जिकिर गर्दै राज्यको शुन्य लागतमा सर्भिस ट्रयाकको काम शुरु भएको बताउँदै एक महिना भित्रमा पार्किङ तथा फुटपाटको व्यवस्थापन गरी सक्ने बताउनुभयो । त्यस्तै उहाँले सांसद बस्नेतले सूर्यविनायक नगरपालिका तथा मध्यपुर थिमी नगरपालिकालाई पाकिङ्ग तथा फुटफाटको लागि आवश्यक ठाउँको व्यवस्थापन गरी उपयुक्त विकल्प सहितको व्यवस्थापन गर्न आग्रह गर्नु भयो।

त्यसअवसरमा मध्यपुरथिमि, चाँगुनारायण, सूर्यविनायक र बनेपा नगरपालिकालाई फोहर संकलन गर्ने डस्टबिन वितरण समेत वितरण गरिएको उक्त कार्यक्रममा प्रदेश नं। ३ का प्रदेश सदस्य प्रतिमा श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा, काभ्रे जिल्ला समन्वय समितिका प्रमुख उद्धब केसी, मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट लगायतले वोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।