शनिबार, बैशाख ८, २०८१

जनकपुरमा अभिनन्दन ग्रहण गर्दै मुख्यमन्त्री आदित्यनाथले भने- जनकपुर र अयोध्याको दूरी घटाउन भारत सरकारको पहल जारी

जनकपुर मंसिर २६ , सीताराम विवाह महोत्सव अर्थात विवाह पञ्चमीको अवसरमा अयोध्याबाट जन्तीको नृतृत्व गर्दै नेपाल आउँनु भएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई प्रदेश नं २ सरकारले आज यहाँ सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो ।
त्यस अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता महन्त ठाकुर, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल संयोजक राजेन्द्र महतो, सांसद कोमल ओली प्रदेश नं २ सरकारका मन्त्री, प्रदेशसभाका सभामुख सरोजकुमार यादव, नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पूरी र प्रदेशसभा सदस्यको उपस्थिति थियो ।  यसअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी जानकी मन्दिरमा पूजाअर्चना गर्नुभएको थियो ।

यसैबीच विवाह पञ्चमी महोत्सव मूल समारोह समितिद्दारा बाह्र विगाहा मैदानमा आयोजित कार्यक्रमलाए सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीको शुभकामना बोकेर आउँनपाउँदा खुसी भएको लागेको अभिव्यक्ति सहित नेपाल र भारत दुई देशको विकासका लागि कृषि, सांस्कृतिक पर्यटन, सिस्टर सिटीको आवधारणा अगाडि बढाउनुपर्नेमा जोड दिनु भएको छ ।  साथै उहाँले नेपाल र भारत मिलेर नेपालको भौतिक विकासमा एक मत रहेको छ, नेपालसँग जोडिने सबै मार्ग निर्माणका लागि भारतले प्रयास गरेको बताउँदै  जनकपुर र अयोध्याको दूरी घटाउन भारत सरकारले चार लेनको रामजानकी मार्ग निर्माण काम अगाडि बढाएको जानकारी दिनु भएको छ ।

त्यसअघि उहाँले जनकपुरधामको जानकी मन्दिरमा पूजा अर्चनापछि आगन्तुक पुस्तिकामा उहाँले विवाह पञ्चमीको अवसरमा जनकपुरमा पूजा अर्चना र विदेहराज महाराज जनकको भूमिको यात्रा गर्न पाएकामा खुसी व्यक्त गर्दै सीतारामले पालना गरेको आदर्श र मूल्य सार्वभौम भएकाले प्रेरणा प्रदान गरिरहेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री योगीले आफू र प्रतिनिधिमण्डलको स्वागतका लागि नेपाल सरकार र जनकपुरका जनतालाई धन्यवाद दिँदै भारत सरकार र जनताकातर्फबाट सुख तथा समृद्धिको कामना गर्नुभएको छ । साथै भगवान् राम र सीताको जीवन भाारत तथा नेपालको धर्म, संस्कृति र सभ्यताको अभिन्न अङ्ग भएको जिकिर गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।