शनिबार, बैशाख ८, २०८१

के छ काँग्रेसको आर्थिक नीतिको प्रस्तावमा(प्रस्तावको पूर्णपाठ सहित)

काठमाडौ मंसिर २० नेपाली काङ्ग्रेस केन्द्रीय समितिको बुधवारको बैठकमा पार्टीको  तर्फबाट पार्टीका सहमहामन्त्री एवमं आर्थिक नीति प्रस्ताव समितिका संयोजक डा प्रकाशशरण महतले काङ्ग्रेस आगामी दिनमा अवलम्वन गर्ने आर्थिक नीति को पारुप  सहित  प्रस्तुत प्रस्तावमा  पार्टीका संस्थापक नेता बिपी कोइरालाले अख्तियार गर्नुभएको आर्थिक वृद्धिसहितको समानता हासिल गर्ने लक्ष्यलाई यथावत् स्वीकादै प्रस्तुत गरिएको उक्त प्रस्तावमा उच्च उत्पादकत्वमा आधारित दिगो र फराकिलो आर्थिक वृद्धिलाई काँग्रेसले आफ्नो आर्थिक नीतिमा समेटिएको जानकारी दिदै सङ्घीय व्यवस्थालाई आर्थिक प्रभावकारिता र पहुँच बढाउन संविधानले परिकल्पना गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई तत्काल क्रियाशील गराउने र सशक्त बनाउने पक्षमा रहेको काङ्ग्रेसले जनाएको छ ।

केन्द्रीय समितिको बैठकमा प्रस्तुत उक्त प्रस्ताव उपर छलफल सहित समितिबाट पारित भएपछि मंसिर २८ देखि पुस ३ गतेसम्म हुने पार्टीको महासमिति बैठकमा पेश गरिने जनाउँदै काँग्रेसले उच्च उत्पादकत्वमा आधारित दिगो र फराकिलो आर्थिक वृद्धिका लागि व्यापक स्वदेशी र विदेशी लगानी भित्र्याउने र यसका लागि विकेन्द्रीकृत एकद्वार प्रणाली लागू गर्ने तथा आयात प्रतिस्थापन गर्ने उद्योग व्यवसाय संरक्षण गर्ने नीति अख्तियार गरिने लगायतका मुलभूत विषय वस्तु समेटिएको जनाएको छ ।

प्रस्तावको पूर्णपाठ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।