मङ्लबार, बैशाख ११, २०८१

कुनै हालतमा पनि निर्मला हत्यारालाइ कारवाही गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

काठमाडौ मंसिर २४,  ७०औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्दारा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको १४ वर्षीया निर्मला पन्तको घटनामा दोषीलाई कारवाहीमा ल्याउन सरकार निरन्तर अनुसन्धानमा लागिरहेको घटनाका दोषीलाई पहिचान गरी छिट्टै कारवाही गर्ने प्रक्रिया अघि बढाइसकेको बताउँनु भएको छ ।

त्यस्तै उहाँले आफु नेतृत्वको सरकार मानवअधिकारको पक्षमा प्रतिबद्ध रहेको प्रष्टोक्ति सहित निर्दोष बालिकाको बलात्कारपछि हत्या हुनु अत्यन्तै दु :खद् रहेको जिकिर गर्दै सरकारले कुनै हालतमा पनि निर्मलाको हत्यरालाइ कारवाही गर्छ यसमा कुनै शंका र्गर्नुपर्ने अवस्था नरहेको बताउँनु भएको छ ।

कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले सबै तहका सरकार मानवअधिकार कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिँदै गम्भीर प्रकृतिका घटनाका दोषी पत्ता लगाई कारवाही गर्न छिटोभन्दा छिटो कारवाही चलाउन सरकारलाइ आग्रह गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।