शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं महानगरमा प्रशासन विभाग प्रमुख कार्कीको रजगज, मेयर शाक्य समेत रणभूल्लमा

(मेयर पदमा निर्वाचित हुनुपूर्व विद्यासुन्दर शाक्य ,ज्ञानेन्द्र कार्की लगायतका कामपा अधिकारी )

काठमाडौं मंसिर १६ , द्इ दशक भन्दा लामो समयसम्म कर्मचारीको एकलौटी रजगजमा चलेको स्थानीय निकाय अन्र्तगत काठमाडौं महानगरपालिकामा अझैपनि केहि ठूलाठालु भनाउँदा  उच्चपदस्थ कर्मचारीको नियोजित प्रहारबाट कामपा अन्य इमान्दार र कर्तव्यपराण कर्मचारी उपर यो वा त्यो वहानामा श्रृखलागत प्रहार हुने गरेको थाहा भएको छ ।

यहाँसम्मकी मुलुकमा ३ तहको निर्वाचन सम्पन्न भइ स्थानीय सरकार समेत अस्तित्वमा आइसकेको अवस्थामा समेत कामपाका ति कर्मचारीले निर्वाचित मेयर समेतलाइ रणभुल्लमा राख्दै आफु अनुकुल कार्य सम्पादन गर्ने गरेको उल्लेख गर्दै हामीलाइ प्राप्त सूचनामा उल्लेख भए अनुसार विगतमा स्थानीय निकाय सञ्चालका लागि गठन गरिएको दलीय प्रतिनिधीमण्डलमा तत्कालीन नेकपा एमालेको तर्फबाट प्रतिनिधीत्व गर्दै आएका विद्यासुन्दर शाक्यनै अहिले कामपाका निर्वाचित मेयर हुन ति कर्मचारीको लागि १६ मा सत्र भएको जिकिर गरिएको छ ।

(सिट छड्केको परिपञ्च)

को हुन ति कर्मचारी ?  पछिल्लो समय सम्मानीत सर्वोच्च अदालतबाट जारी आदेश विपरित शहरको शुन्दरता नै कुरुप हुने गरी  महानगरपालिका क्षेत्रभित्र अवैधानिकरुपमा होडिङ्ग बोर्ड राख्न स्वीकृती दिदै मनमौजी रुपमा अर्थलाभ लिन पल्लकेका मात्र नभइ अनेकन परिपञ्च रच्न माहिर व्यक्तिका रुपमा चिनिएका प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्की, जो महानगरका प्रवक्ता समेत रहेका छन । हो यि व्यक्तिले पछिल्लो समय आफु बाहेकका अरुलाई महानगरका बिषयमा बोल्ने बन्देज लगाउँदै एकछत्ररुपमा कामपामा आफ्नो रजगज चलाउँदै आएको बताईएको छ ।

(कामपामा भएको पछिल्लो पजनी पछि सामाजीक विकास विभागको अवस्था )

यहासम्मकी कि सुशासन र वित्तिय सुशासनको प्रवचन दिन राम्रैसंग जानेका कार्कीको बढ्दो रवाफ होडिङ्गवोर्ड प्रकरणको छानविनका लागि गठित थपलिया समितिको प्रतिवेदनको आधारमा कार्कीमा निहित केहि अधिकार कटौती गर्दै प्रमुख प्रशासकीय अधिकृत यादव कोइरालाले अर्का सहसचिव राजेश्वर ज्ञवालीलाइ अधिकार प्रत्यायोजित गरेपछि विछिप्त भएका कार्कीले आफ्नो एकमात्र अभिष्ट प्रमुख प्रशासकीय अधिकृत कोइरालाको कामपाबाट वहिर्गमनका लागि अनेकन परिपञ्च रचे पनि सफल हुन नसकेको बरु सहसचिव ज्ञवाली वर्हिगमनमा परेको बताइन्छ ।

तथापी उनले एकातर्फ वहालवाला निर्वाचित मेयर विद्यासुन्दर शाक्यबाट आफ्नो अभिष्ट पूरा गराउँन अनुनय सहित विगतमा दलीय समयन्त्रको समयमा भएको सहकार्य लगायतका पक्ष सम्झाउँदै हिड्ने गरेको र अर्कोतर्फ कर्मचारीवृतमा अहिलेका मेयर बिध्या सुन्दरलाई त फनफनी नचाई दिन्छु उ मेरै मान्छे हो प्राबिधिक रुपमा पो उ मेयर जस्तो देखिएको त असली मेयर त मै हो भन्दै अरु कर्मचारी लाइ थर्काउने रणनिती अख्तियार गर्दै हिड्ने गरेको कामपा कर्मचारी स्रोतले बताएका छन ।

त्यसो त मेयर विद्यासुन्दर शाक्य निर्वाचित भएको लामो समय व्यतित भइसक्दापनि आशातितरिुपमा कार्य सम्पादन गर्न नसक्नु त्यस्तै मोवाइल प्रकरण लगायतका यावत कामपामा चुलिएको विवादास्पद निर्णय हुनुमा कार्कीको प्रत्यक्ष वा परोक्ष हात रहेको बताइन्छ । मेयर शाक्य पनि कार्कीसंगको विगतको सहकार्यका कारण कार्की विरुद्ध जाइलाग्न नसक्नुको अलावा रणभुल्लमा पर्ने गरेको बताइन्छ ।

यसवीचमा कहिले राजवादी  कहिले माओवादी   कहिले कांग्रेस त अअिले  तत्कालीन  एमाले र हाल एकालको तर्फबाट निर्वाचित  मेयर विद्यासुन्दर शाक्यसंगै कटटर एमाले परिवर्तित नेकपाको आरणमा नाटक गर्दै घसमिरहके महानगरका कर्मचारीवृतमा चर्चित रहेको कार्कीले  पछिल्लो समय प्रशासन विभागका प्रमुखको विभागीय जिम्मेवारी रहेपनि महानगर अन्र्तगत रहेको विभागलाइ लथालिङ्ग बनाउँदै विभागीय प्रमुखका साथै जनप्रतिनीधीलाइ सत्तोसराप  गर्दै  कामपा अन्र्तगतका  विभिन्न विभागलाइ  लथालिङ्ग बनाउँने  परिपञ्चमा रहेको  आफ्नो नाम उल्लेख नगर्ने शर्तमा  एक कर्मचारीले बताए   ।

यसको ज्वलन्त उदाहरण सामाजीक विकास विभाग जहाँ सामाजिक संघसंस्था दर्ता गर्ने, वृद्ध भत्ता सिफारिस गर्ने, संस्कृति मन्त्रालयबाट प्राप्त रकम बाँडफाँड गर्ने, बालगृहको अनुगमन लगायतका महत्वपूर्ण का���्य सम्पादन हुन्छ । तर त्यहाँ आवश्यक कर्मचारीको व्यवस्थापन गर्नेतर्फ कुनै दिलचस्पी नदेखाउँनु त्यस्तै जिम्मेवरी वहन गर्दै आइरहेका कर्मचारीको पजनी गर्नु र अनावश्यक रुपमा कर्मचारीको मनोवल गिर्नेगरि नियोजित रुपमा छड्के गर्नु जस्ता काममा भूमिका निर्वाह गर्दै आएको बुझिएको छ । जसले गर्दा कर्मचारीले कार्की विरुद्ध आन्दोलनको मनस्थिती बनाएको थाहा भएको छ ।

यसै मेसोमा हाम्रा सहकर्मीले निकै चर्चाको चुलीमा रहेको राजधानी स्थित तत्कालीन जिल्ला विकास समितिको कार्यालयस्थित कामपा अन्र्तगतको सामाजीक विकास विभाग प्रत्यक्ष निगरानी गर्दा विगतमा १ जना विभागीय प्रमुख ३ जना निर्देशक , २ जना नायव सुव्वा र कार्यालय सहयोगी कार्यरत रहेकोमा पछिल्लो पजनीमा १ जना विभागीय प्रमुख, १ जना नायव सुव्वा र एक जना कार्यालय सहयोगीमात्र कार्यरत रहेको पाइयो । स्मरण रहोस यस विभागमा संघसंस्था दर्ता नविकरण अनुमगन लगायतका थुप्रै जनसरोकारका कार्य सम्पादनका लागि सेवाग्राहीको दिनहुँ घुइचो रहने गर्दछ ।

तर सेवा दिने अधिकारीको सख्या हेर्ने हो भने किमार्थ कार्य सम्पादन सहज हुन सकेको छैन । विगतमा ८ जना भन्दा बढि सरोकारवाला निकायका कर्मचारी क्रियाशील हुँदात कार्य सम्पादको लागि हम्मे हम्मे रहेको विभागमा नियोजित रुपमा कामपाका जिम्म्ेवार प्रशासनबाट कर्मचारी व्यवस्थापन नगर्दा कार्यरत विभागीय प्रमुख मात्र नभइ आम सेवाग्राही हैरान भएको स्थिती र विद्यमान रहेको छ । यस विषयमा पटकपटक कामपा नेतृत्व एवम् प्रशासनको ध्यनाकर्षण सहित पत्राचार गर्दा पनि कुनै सुनवाइ नभएको त्यहाँ कार्यरत कर्मचारीको गुनासो रहेको छ ।

त्यस्तै एकातर्फ विभागमा कार्यरत कर्मचारी सख्यात्मक रुपमा न्यून अर्को तर्फ जनताको कामको चाप थेग्ननै नसकिने र त्यसमाथि पनि आफ्नो कामविशेषले प्रशासनबाट स्वीकृत विदाको समयमा होस वा कामपाको कार्य सम्पादनको क्रममा हुने मिटिङ्गको क्रममा कामपा मुख्यालयमा पुग्दाको समयमा होस, नियोजित रुपमा जिम्मेवार अधिकारीबाटै जनसम्पर्क निकायमा अधिकारी अनुपस्थित भन्ने आशय सहितको सञ्चारमाध्यममा समाचार प्रशारण गर्न लगाउँने देखि महानगर दिवसको  अवसरमा  कामपाद्दारा आयोजित रचनात्मक कार्यक्रमलाइ कसरी प्रभावकारी बनाउँने भन्ने सवालमा  महानगर मुख्यालयमा  जारी बैठकमा  उपस्थित हुँदै  गर्दा  समेत  सिट छड्केको परिपञ्च सहित स्पष्टिकरण सोध्ने काम हनुले कुन कर्मचारीको मनोवल उच्च हुन सक्छ यसको हेक्का काठमाडौ महानगरपालिका प्रशासन विभागलाइ हुनु पर्ने हो तर यावत पक्षको नजर अन्दाज गर्दै व्यक्ति डाम्ने लक्ष्यले लागि परेको ति अधिकारी सुसाशनको कुरा त गर्छन तर काम भने अरुनै भन्ने चरित्रलाइ उजागर गरेको देखिन्छ । यसविषयमा कार्कीसंग सम्पर्क गर्ने प्रयास सफल हुन नसकेपनि प्रयास भने  9851092190  सम्पर्क.न.मा सम्पर्क गर्ने हाम्रो जारी रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।