शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं उपत्यकासहित देशभरी चिसो बढ्ने क्रम तिव्र

काठमाडौं पुष १५, काठमाडौं उपत्यकासहित देशभरी चिसो बढ्ने क्रम जारी रहेको छ । केही दिनयता बढ्दै गएको चिसोका कारण देशभरका जनजीवन प्रभावित बनेको छ ।
बढ्दो चिसोका कारण उपत्यका  सहित  तराई मधेस, उच्च पहाडी तथा हिमाली भेगलगायत देशका विभिन्न भागमा केही दिनयतादेखि दैनिक जीवन यापनमा समेत समस्या सिर्जना हुनेको अलावा बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी एवम् बिरामी व्यक्ति उच्च जोखिममा पर्दै गएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

यसैवीच जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले उत्तरपश्चिमी वायुको प्रभावका कारण चिसो बढेको जनाउँदै उपत्यकाको तापक्रम माइनसमा जान सक्ने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।