बिहिबार, बैशाख १३, २०८१

काङ्ग्रेस महासमिति बैठक विधिवत सुरु

काठमाडौ मंसिर २९,  गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो भविष्य भन्ने मुल नाराका साथ नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न पार्टीको १३ औँ महाधिवेशनपछि पहिलो पटक बोलाएको महासमिति बैठकको औपचारिक सुभारम्भ भएको छ । राजधानीको सिहदरवार परिसरस्थित यगम्बर पार्टी प्यालेसमा पार्टी सभापति शेरबहादुर देउवाले बैठकको औपचारिक सुभारभ गर्नु भएको हो ।

२४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, केन्द्रीय सदस्य तथा भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनित, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ६०० प्रतिनिधि सहभागी महासमिति बैठकको उद्घाटनसत्र लगत्तै प्रारम्भ हुने बन्द सत्रमा पार्टीको केन्द्रीय समितिमा प्रस्तुत भई छलफल भएका विभिन्न पाँच दस्तावेज पेश हुने बताईएको छ ।

प्राप्त जानकारी अनुसार उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा शशाङ्क कोइरालाले साङ्गठिनक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्नुहुने बुझिएको छ ।

त्यस्तै यसरी प्रस्तुत हुने प्रतिवेदनलाई विस्तृत रुपमा छलफल गर्न महासमिति सदस्यलाई प्रदेशस्तरीय रुपमा ७ समूहमा विभाजन गरि पौष १, २ र ३ गते बिहान ८ देखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने बन्द सत्रमा छलफल गराइ नितिगत निर्णय गरिने र प्रस्तुत निर्णय संगै पार्टीलाइ संघीय प्रारुपमा रुपान्तरण गरिने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।