शुक्रबार, बैशाख ७, २०८१

काङ्ग्रेस महाधिवेशन पछि पार्टीको सर्वोच्च निकाय महासमिति बैठकको तयारी पूरा , शुक्रवारबाट  संघीय राजधानी काठमाडौ  काँग्रेसमय हुँदै

काठमाडौ मंसिर २७, नेपाली काङ्ग्रेसले मुलुकको पछिल्लो परिवर्तित प्रारुप अन्र्तगत संघीययताको मर्म आुरुप मौजुदा संरचनालाइ रुपान्तरण गर्नका लागि शुक्रवारबाट सुरु हुने गरि आव्हान गरेको महासमिति बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

महासमिति बैठकका सवालमा थप प्रकाश पार्दै आज पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बैठकका लागि अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेको जानकारी दिदै बैठकमा एक हजार ६०० प्रतिनिधि सहभागी हुनुको अलावा बैठकमा भारत, जापान, बेलायत, अमेरिकालगायत मुलुकबाट प्रतिनिधि सहभागी हुने जानकारी दिनु भएको छ । त्यस्तै शुक्रबार सहभागी प्रतिनिधिलाई काङ्ग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय समितिले पारित गरेको राजनीतिक साङ्गठनिक दस्तावेज वितरण गरिने छ ।

महासमिति बैठकमा मा काङ्ग्रेस उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा सशाङ्क कोइरालाले साङ्गठिन, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा प्रकाशशरण महतले आर्थिक र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीका आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्नुहुने जानकारी दिदै पार्टीको महाधिवेशन पछिको सर्वोच्च निकाय महासमिति बैठक भएकाले यसले पार्टीमा नीतिगत सुधार सहित विद्यमान अनेका समस्यालाइ सम्बोधन गर्ने जनाउ दिनु भएको छ ।

महासमितिको आर्थिक स्रोतका विषयमा प्रष्ट पार्दै प्रवक्ता शर्माले बैठकका लागि करीब रु एक करोड खर्च लागत अनुमान रहेको बताउँदै लागत खर्च व्यवस्थापनका लागि पार्टीको आन्तरिक कोष र जनप्रतिनिधि भइसकेकाबाट लिइनेछ भने महासमितिमा सहभागीसंग दर्ता शुल्कबापत रु १ हजार लिइनेछ । बिहानको खाना र खाजा व्यवस्था गरिए पनि राति बस्ने र खाने व्यवस्था प्रतिनिधि स्वयंले गर्नुपर्ने जानकारी दिनु भएको छ ।

सातै महासमिति बैठकको सम्पूर्ण सूचना बैठक अवधिभर हरेक दिन बिहान ११ र दिउँसो ४ बजे पत्रकार सम्मेलन गरी दिइने तयारी काँग्रेसले गरेको छ । महासमिति बैठकको कार्यतालिका अनुसार मंसिर २८ गते काङ्ग्रेस केन्द्रीय कार्यालयमा महासमिति सदस्यको दर्ता एवं स्वागत कार्यक्रमको आयोजना हुने उल्लेख गरिएको छ । त्यस्तै मंसिर २९ गते बिहान ११ बजे सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा बैठकको उद्घाटन कार्यक्रमको आयोजना एवम् हुनेछ । उद्घाटनसत्र लगत्तै बन्दसत्र प्रारम्भ हुने र त्यसपछि पुस १, २ र ३ गते बिहान ८ देखि बेलुकी ५ बजेसम्म बन्दसत्रको छलफल हुने कार्यक्रम रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।