शुक्रबार, बैशाख ७, २०८१

औषधिमा चरम लापरवाही सहितको अर्को अराजकता, नियमक निकाय देखि सरोकारवाला सवै तैँ चुप मैँ चुप

  • बजारमा एक्स्पाइरी सलाइनको विक्रीसंगै मानव स्वास्थ्यमाथि एक पछि अर्को खेलवाड

  • आलाकाँचा कुरा गर्दै उम्किन खोजे आधिकारिक आयातकर्ता

  • विचौलिया नियन्त्रणका लागि विभागले तत्काल पहल कदमी लिनु आवश्यक:  महासचिव आचार्य

  • नियमन गर्दै दोषीलाइ कारवाहीको दायरामा ल्याउँन आवश्यक : अध्यक्ष वास्कोटा

-श्रीजन झा-

काठमाडौ मंसिर १७ , औषधिको सामराज्यमा मौलाउँदो अनेकन वेथितीको नियमन र नियन्त्रणमा सरकार र सरोकारवाला निकायको मौनतासंगै सामान्य रुघा खोकी देखि गम्भीर प्रकृतिका रोग निवारणका लागि प्रयोग हुने औषधि मन्द विषमा रूपान्तरण हुँदै गरेको विषयमा विस्तृत रिपोर्ट प्रकाशित भएको केहि समयपछिनै नेपाली औषधि बजारमा मौलाउँदो मानव स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने औषधिमा अर्को चरम लापरवाही सहितको अराजकता सार्वजनिक भएका छन ।

मुलुकको औषधि व्यवसायमा महत्वपूर्ण हिस्सा ओगटेको भारतीय कम्पनी मध्येका एक कम्पनी Eurolife Healthcare Pvt Ltd  द्धारा उत्पादित एन.एस सलाइन ३००० नेपाल स्थित आयातकर्ताको चरम लापरवाहीका कारण उत्पादन मिति समेत नलेखिएको र एक्स्पाइरी भइसकेका अवस्थामा बजारमा भेटिएसंगै हामीले प्रस्तुत सलाइनको नेपालका लागि आधिकारिक विक्रेताको सोध खोजका साथै यसरी मानव स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने औषधिमा किन यस्तो गम्भीर एवम् चरम चापरवाही हुन्छ भन्ने सवालमा सरोकावाला सेवा प्रदायक कम्पनी ,आयातकर्ता संघका जिम्मेवार प्रतिनिधी , राज्य मातहतका नियमक निकाय औषधिका थोकविक्रेता र खुद्रा विक्री वितरण गर्ने विक्रेता लगायतसंग घनिभूत अन्तरसंवाद गर्ने क्रममा भारतीय कम्पनी युरोलाइफद्धारा उत्पादित एवम् सोको नेपालस्थित आधिकारिक विक्रेताको पहिचान देखि आयातकर्ता भनाइ नियमक निकायको भूमिका संगै आयातकर्ता संघका महासचिवको र थोक औषधि व्यवासायी संघका अध्यक्षको प्रतिक्रिया सहितको यो रिपोर्ट तयार गरेका छौं ।

केहो सलाइन ? के हुन्छ यसमा ?     सामान्यतया मुखबाट पानी र अन्य आवश्यक खनिज तत्व खान नसक्ने विरामीलाई दिइने सलाइन पानी अत्याधिक रक्तस्राव आदि अवस्थामा खेर गएको पानी पुर्ती गर्न दिइनुको अलावा अपरेसन गर्न अस्पताल भर्ना भएका, पेट खाली राख्नुपर्ने विरामी, साथसाथै शल्यक्रियामा रगत खेर जाने सम्भावना भएका विरामीहरुलाई शरीरमा रक्तसञ्चार जारी राखी महत्वपूर्ण अङ्गलाई हानी हुनबाट जोगाउँन त्यस्तै अस्पताल भर्ना भएका विरामीलाई लगातार नशाबाट औषधी दिनु पर्ने अवस्थामा दिइने सलाइन बाहिरबाट हेर्दा प्राय उस्तै देखिए पनि विभिन्न किसिमको हुन्छ । मुख्यत धेरै प्रयोग हुनेमा “नर्मल सलाइन“ र “रिङ्गर ल्याक्टेट“पर्दछन ।

नर्मल सलाइन मा ०.९५ सोडियम क्लोराइड रहेको हुन्छ । “रिङ्गर ल्याक्टेट“ मा त्यसबाहेक थप ल्याक्टेट र पोटासियम पनि रहेको हुन्छ । यसरी मानव शरीरमा प्रत्यक्ष सरोकार राख्ने सलाइनको प्रयोगको क्रममा  हेर्दा सामान्य लाग्ने तर द रुपमा मानव स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने सलाइन डाक्टरको प्रेस्किप्शन अनुरुप फार्मेसीबाट किनेको सलाइन एकै हो कि हैन सलाइन पानीको एक्स्पाइरी मिति कायम छ कि छैन भित्र कुनै त्यस्तो शकास्पद वस्तु छ वा छैन भन्ने हेदैं प्रयोग गर्नु पर्ने सलाइन खुलम खुला यो वा त्यो नाममा निर्वाद त्यो पनि एक्स्पाइरी भइसकेको तापक्रममा वेमेल भएको औषधि र औषधि जन्य सामाग्री बजारमा खुलमखुला विक्रि वितरण हुँदै गर्दा पनि नियमक निकाय देखि आयातकर्ता सम्म एकले अर्कोलाइ दोष थुपार्दै पन्छिने गरेका छन ।  यहाँ सम्मकी आफुले आयात गर्छु भन्दै राज्य मातहतका निकायबाट लाइसेन्स लिएपनि युरोलाइफ कम्पनीका आधिकारिक आयातकर्ता Veiovis lifescience pvt ltd ले आजको मिति सम्म आफुले त्यसको कारोवार नगरेको भन्दै पन्छिदै आएका ति आयातकर्ता उपर अनुसन्धान नगर्नु औषधि सामराज्यमा नयाँ घटना नभएपनि वारम्वार यस्ता घटना भइराख्नु भनेको किमार्थ न्यायोचित प्रसंग मान सकिन्न ।

हो मुलुकको औषधि व्यवसायमा महत्वपूर्ण हिस्सा ओगटेको भारतीय कम्पनी युरो लाइफ हेल्थकेएर प्रालिको नेपाल स्थित प्रमुख विक्रेता रहेका Veiovis lifescience pvt ltd  नेपालको नामबाट औषधि व्यवस्था विभागको औषधि आयातकर्ताको ११९ न मा सूचिकृत भइ दर्ता लाइन्स प्राप्त गरि नेपालमा युरो लाइफ हेल्थकेयर प्रालि, द मद्रास फर्मासियुटिकल्स, MEDOCHEMIE LTD लगायतका कम्पनीबाट विभिन्न औषधि आयात गर्दै औषधिको कारोवार गर्दै आइरहेको व्यक्ति हुन विजय अग्रवाल । उनै अग्रवाल आयातकर्ता रहेको कम्पनीले आयात गर्ने आधिकारिता पाएको एन.एस सलाइन ३००० विरअस्पताल परिसरमा रहेको उपकार फर्मामा भेटिएको  हो  एक्स्पाइरी  सलाइन  । 

(आयातकर्ता विजय अग्रवाल)

हामीले यस विषयमा अग्रवाललाइ सम्पर्क गर्दा अग्रवालले आफ्नो कम्पनीले आजको मितिसम्म एन.एस सलाइनको कारोवार नगरेको कसले ल्याए ? कसरी ल्याए ? आफुलाइ जानकारी नभएको बताए । स्मरण रहोस औषधि व्यवस्था विभागमा उक्त युरो लाइफ हेल्थकेयर प्रालिद्दारा उत्पादित सलाइनको नेपालका लागि आधिकारिक विक्रेता  Veiovis lifescience pvt ltd रहेको प्रष्ट रुपमा दर्ता छ । र यो कम्पनीको सरोकारवाला व्यक्ति भनेको विजय अग्रवाल, सुसान्त मुरारकाको भएको जानकारी प्राप्त हुँदा समेत हामीसंगको टेलिफोन संवादको क्रममा आधिकारिक आयातकर्ता अग्रवालले उक्त सलाइन आफ्नो  कम्पनीले नल्याएको बताउँदै विभागमा होइन भन्सारमा बुझ्नुस भन्दै आलाकाँचा कुरा  गर्दै कुनैपनि विषयगत प्रसंग  अग्रवालले स्वीकार गर्न चाहेनन ।

तथापी विभागमा दर्ता रहेको कम्पनीले आफुहरुले यो -यो भारतीय कम्पनीद्दारा उत्पादित औषधि आयात गर्छु भन्ने प्रष्ट लेखिएको अवस्थामा समेत आधिकारिक आयातकर्ता Veiovis lifescience pvt ltd संग आवद्ध अग्रवालको अस्वीस्कारोक्ति आफैमा सन्देहको दायरामा आएको प्रष्ट देखिन्छ । मानौ Veiovis lifescience pvt ltd ले उक्त सलाइन नेपालमा आयात नगरेको हो भने युरो लाइफको आधिकारिक एजेन्ट नेपालमा कुनै कम्पनी हुनु पर्ने त्यो पनि छैन । अनि कसले ल्यायो त एक्स्पाइरी भइसकेको र उत्पादन मिति नलेखिएको उक्त सलाइन जुन सलाइनमा बकाइदा युरो लाइफ कम्पनीको उत्पादन लेखिएको छ ?  

सलाइन त प्रतिनिधी घटनामात्र हो यस्ता थुपै त्यस्ता औषधि छन जो आफ्ले नल्याएको भन्दै उम्कन खोज्ने सेवा प्रदायक कम्पनीका औषधि व्यापारीका कारण मानव स्वास्थ्यमा गम्भीर संकट सिर्जना गर्ने वातावरण मौलाउँदै गर्दा समेत नियमक निकाय औषधि व्यवस्था विभाग भने तैँ चुप मै चुपको अवस्थामा बस्दै आएका छन ।                               

(भिडियो स्रोत : न्यूज24 च्यानल )

विभागको मौनतासंगै नाम एक काम अनेकन गर्न पल्लेका व्यापारी र औषधिका कारोवारीको मनोवल दिनानुदिन उच्च हुने गरेका छन ।  त्यसो त विभागले अनुगमन एवम् नियमन नै नगरेको होइन तर त्यो अनुगमन र् नियमन आफैमा झाडो तार्ने प्रवृतिका भएका कारण समस्या सिर्जना भएको हो । प्रस्तुत घटनामा पनि सलाइनका आधिकारिक आयातकर्ता भनिएका Veiovis lifescience pvt ltd का सरोकारवाला आयातकर्ता संग केहि सोधपुछ भयो वा भएन त्यो राम जाने । तर हामीले बुझदा सलाइन भेटिएको पसलको अनुगमन सहित अनुसन्धानको प्रक्रिया सुरु गरिए पनि कारवाही भने खै के खै के भएको अवस्थामा भेटिएको छ

त्यस्तै यस विषयमा औषघि आयातकर्ता संघका महासचिव पवन आर्चायसंग औषधि आयातकर्ता संघका सदस्य समेत रहेका Veiovis lifescience pvt ltd आधिकारिक विक्रेता रहेको युरो लाइफ कम्पनीद्दारा उत्पादित एन.एस सलाइन प्रकरणको सवालमा जिज्ञासा राख्दा उहाँले-  संघको तर्फबाट आफुले बुझ्दा पनि Veiovis lifescience pvt ltd यसको कुनै कारोवार नगरेको जनाउ दिएको बताए । तथापी महासचिव आचार्यलाइ यदि त्यस्तो हो भने कसले ल्याय त भन्ने  ? प्रतिप्रश्न गर्दा उहाँले भने कतिपय औषधि आधिकारिक एजेन्टमार्फत नभइ खुला सिमाका कारण विचौलिया व्यापारीले ल्याउँने गरेको र त्यसरी ल्याईएका औषधिमा त्यस्तो कुनै समस्या आए आधिकारिक विक्रेता तनावमा पर्ने गरेको समस्यालाइ दृष्टिगत गर्दै वारम्वार विभागलाइ हामीले नियमनको लागि ध्यानाकर्षण  गराउँदा पनि विभाग आफ्नै गतिमा रहेको बताए ।
साथै उहाँले भने-  आयातर्ताले आयात गरेको औषधि परिणात्मक रुपमा थोक विक्रेताको जाने र त्यहाँबाट खुद्रा विक्री लागि फार्मेसी जाने भएका कारण जति थोक विक्रेताको यसमा भूमिका हुन्छ त्यो अनुपातमा आयातकर्ता कम हुने बताउँदै यसमा कुन औषधि एक्स्पाइरी हुन लाग्यो त्यसको  जानकारी नहुने जिकिर गरे । के उसो हो भने आयातकर्ताको काम ओषधि आयात गर्ने अनि थोक विक्रेताको जाने भन्दैमा के औषधि आयो कस्तो आयो भन्ने पक्षमा आयातकर्ताको कुनै भूमिकानै नहुने त पक्कै पनि होइन होला भन्ने सवालमा महासचिव आचार्यले भने त्यस्तो होइन यसमा जति जिम्मेवार थोक विक्रेताको हुन्छ त्यो अनुपातमा हो भन्दै उहाँले विचौलियाको नियन्त्रण नभएसम्म यो वा त्यो कम्पनीको औषधि यसरी भेटिन सक्ने संभावना प्रवल रहेको जनाउ सहित मुलत विभागले यसको नियन्त्रणको लागि पहल कदमी लिन आवश्यक रहेको बताए ।
त्यस्तै अव के हुन्छ त?  भन्दा यदि विभागले अनुगमन गर्ने क्रममा बदनीयत रुपमा Veiovis lifescience pvt ltd त्यस किसिमको औषधि आयात गरेको हो भन्ने प्रमाणित भए नियमसंगत कारवाही हुन्पर्ने बताउँदे उपकार फार्मेसीमा कसले त्यस्तो औषधि सप्लाइ गरेको हो त्यसको विल विजक त होला । त्यसको आधारमा विभागले अनुसन्धान गर्दै आज पर्यन्त त्यस्ता औषधिका कारेवारीलाइ कारवाही गर्नुपर्ने बताए ।

त्यस्तै यसै प्रसंगमा  नेपाल औषधि थोक व्यवसायी संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाले भने पहिलो विषय त हामीले एक्स्पाइरी भएको औषधि बेच्दैनौ यदि त्यस्तो औषधि फेला परे आयात कर्ता वा उत्पादककोमा फिर्ता पठाउँछौं । यसमा थोक व्यवसायीको कुनै भूमिका हुन्न जहाँसम्म एक्स्पाइरी सलाइन भेटिएको प्रसंग छ  त्यसको  जिम्मेवारी  आयातकर्ताले निर्वाद रुपमा लिनुपर्ने अभिमत प्रकट गर्दै नियमक निकायमा दर्ता हुने अनि समस्या आयो भने यो वा त्यो नाममा पन्छिन नमिल्ले भन्दै आज सलाइनमा समस्या देखियो भोली त्यस्तो लाइफसेभिङ्ग औषधिमा समस्या आयो भने के गर्ने ? भन्दै यसमा औषधि व्यवस्था विभागले आफ्नो नियमनको भूमिका निर्वाह सहित  सलाइन भेटिएको फार्मेसी लगायत सम्वद्ध सवैमाथि नियमन गर्दै दोषीलाइ कारवाहीको दायरामा ल्याउँनु पर्ने बताए ।

अन्तत, यो वा त्यो वहानामा मानव स्वास्थ्यसंग खेलवाड गर्न पाइदैन । यदि गर्छ भने त्यो निर्वाद रुपमा कारवाहीको भागिदार बन्नु पर्छ । नियमक निकायको कुर्सीमा बसेर निर्देशन मात्र जारी गर्ने होइन । आवश्यक परेको बखत एक्शन ओरेन्ट हुँदै दोषिलाइ कारवाही गर्ने सक्षमता देखाउनु पर्छ विभागले । चाहे यो उत्पादक होस वा आयातक कर्ता वा विचौला नै किन नहोस राज्य मातहतकै कै निकायबाट दण्डहिनताले प्रशय पाउँदै जाने हो भने कल्पना गर्नुस अवस्था कस्तो होला ।

यदि कुनै औषधि सेवन गर्दा मानव शरिरमा हानी नोक्सानी हुनु भनेको व्यक्तिको मात्र होइन त्यो राज्यको नागरिकको स्वास्थ्य अवस्था विग्रनु हो । यसअर्थमा चाहे सलाइन होस वा कुनै औषधि त्यसको गुणस्तरियताको मापन गर्दै सरोकारवाला निकायले अवका दिनमा वग्रेल्ती खुलेको फार्मेसी देखि सम्वद्ध आयातकर्ता र उत्पादकको उत्पादक्तवमा सुक्ष्म नियमन गर्दै तत्काल कारवाही गर्न आरम्भ गर्नुपर्ने हुन्छ . यदि विभागले त्यसो नर्गर्ने हो भने वा आम सञ्चारका माध्यमबाट श्रव्यदृष्य सहित प्रकाशित र प्रसारित खवर प्रति मौन बस्दै जाने हो भने यो केवल मिलिभगतको चरम श्रृखला हो भन्ने जनजनले बुझनुको विकल्प रहदैन ।

त्यसकारण आफ्नो गरिमा उच्च राख्न चाहे त्यो विभागले होस वा आफुले आयात गरेको औषधि र औषधिजन्य वस्तुको गुणस्तरियता कायम राख्नका लागि दोषी चाहे आयातकर्ता होस वा विचौलिया होस त्यसको पहिचान गर्दै तत्कालल कारवाही प्रक्रिया सुरु गर्नुपर्छ अन्यथा नियमक निकाय विभागको आवश्यकता ओचित्यता आफैमा के कति हो त्यो भनिरहनु पर्ने अवस्था होला जस्तो लाग्दैन ।

यस विषयमा प्राप्त थपसामाग्री आगामी अंकमा………………

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु