शुक्रबार, बैशाख ७, २०८१

ओलीको तानाशाही शैली र प्रतिपक्षी काँग्रेसले रुजेको बिरालोजस्तो चरित्र प्रदर्शन गर्दै गर्दा जनतामा निराशा छाए : नेता गजुरेल

काठमाडौं मंसिर १५, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले कम्युनिष्टको दुइतिहाइ बहुमत देशका लागि अभिषाप भएको बताउँनु भएको छ रिपोर्टर्स क्लब नेपाल प्रदेश–५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता गजुरेलले दुइतिहाइको दम्भ सहित ओलीको तानाशाही शैली र प्रमुख प्रतिपक्षी काँग्रेसले रुजेको बिरालोजस्तो चरित्र प्रदर्शन गर्दै गरेकाले जनतामा निराशा छाएको बताए ।

त्यस्तै उहाँले निर्मला पन्तको बलात्कारपछिको हत्या काण्डमा सरकार पुर्ण रुपमा नै असफल भएको दावी गर्दै सरकारले नया युगको कुरा गर्दै पोल पोलमा फोटो राख्ने काम त गरिसके अव श्री ५ केपी ओली लेख्न मात्रै बाँकी रहेको बताउँदै वर्तमान केपी नेतृत्वको सरकारले ९ महिनामा सरकारले नै देशमा राष्ट्रिय स्वाधिनताको उपहास गरेको जनाउ दिनु भएको छ । एकातर्फ देशमा बढ्दो यावत विकृति अर्को तर्फ  दलाल र नोकरसाही पुँजीपतीको बढ्दो दवदवा सहतिको भ्रष्टाचारले देश कंगालीकरणतर्फ अगाडी बढेको बताए ।

त्यसमाथि राष्ट्रपति विद्यादेवी भण्डारीले १८ करोडको गाडी प्रकरण हेलीप्याड सहितको राष्ट्रपति निवास बनाउन खोज्नु आँफैमा लज्जाको विषय भएको भन्दै यस् यस्ता यावत विकृतिका समुल अन्त्यका लागि बृहत्त आन्दोलनको आँधिबेरीको आवश्यकत्ता बढ्दै गएको बताउनु भएको प्राप्त समाचारमा  उल्लेख गरिएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु