शुक्रबार, बैशाख ७, २०८१

एसओएस जोरपाटीका वालवालिकालाइ इननर व्हिलको सहयोग

काठमाडौं मंसिर १६, एसओएस बालग्राग जोरपाटीमा आश्रित आमाबाबु नभएका बालबालिकाको सहयोगार्थ रोटरीक्लव अफ न्यूरोड सिटी, अन्र्तगत रहेको इननर व्हिल क्लवले  शनिवार जाडोयामका लुगा, शैक्षिक सामाग्री सहित एक दिने खाजा, खाना उपलब्ध गराएको छ ।

मुलुकको संविधानले मौलिक अधिकारका रुपमा शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहारको सुनिश्चित गरेकाले परिवारिक स्याहारबाट बञ्चित बालबालिकाको सहयोगार्थ एवम् आफु एक्लो भएको अनुभव गर्न नपरोस भन्ने लक्ष्य सहित यस किसिमको सहयोग गरेको  क्लवका अध्यक्ष रुक्मणी सिंहले जानकारी दिनु भएको छ ।

त्यस्तै रोटरीक्लव अफ न्यूरोड सिटीका जनसम्पर्क अधिकृत रमिला श्रेष्ठ शाक्यले बालग्राममा आश्रित शारिरीक रुपमा अशक्त देखि अन्य सवै खालका वालवालिकालाइ मनोरञ्जन सहित सहयोग सामाग्री हस्तान्तरण गरिएको जानकारी दिदै  

  बालिबालिकाको प्रयोजनका लागी संविधानमा उल्लेखित सवै अधिकारको प्रत्याभूत गर्न सकेको हो भने कोही बालिबालिका सडकमा भौतारिनु पर्ने स्थिती नआउँने बताउँदै उहाँले बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि सरकारसँगै सरोकारवाला निकायको ध्यान थप केन्द्रित हुन जरुरी रहेको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु