शुक्रबार, बैशाख ७, २०८१

इण्डोनेसियाका राष्ट्रपतिलाई प्रेसित सन्देश तयार पार्ने कर्मचारीलाई कारवाही गरिने

काठमाडौ पुसर १३, राष्ट्रपति विद्यादेवी भण्डारीले इण्डोनेसियाका राष्ट्रपतिलाई प्रेसित सन्देशमा सुनामीसम्बन्धी समवेदना सन्देश तयार गर्दा गल्ती गर्ने सम्बन्धित कर्मचारीमाथि कारवाही गर्ने भएको छ ।

(समवेदना सन्देश तयार गर्दा गल्ती भएको विज्ञप्ति )

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा समवेदना सन्देशमा त्रुटि कसरी हुन गएको हो भन्नेबारे सम्बन्धित अधिकारीलाई स्पष्टीकरण सोधिएको र तथ्य पत्ता लागेपछि संलग्न कर्मचारीलाई उचित कारवाही गरिने उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा सचिवालयले बुधबार मन्त्रालयबाट जारी विज्ञप्तिमा भएको त्रुटि र त्यसप्रति आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयबाट जारी भएको प्रेस विज्ञप्तिमा त्रुटि भएको देखिन आएको भन्दै त्रुटिप्रति मन्त्रालयले तत्काल क्षमायाचनासहित स्पष्ट पारिसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु