शुक्रबार, चैत्र १६, २०८०

आफूलाई औतारी लामा बताउने व्यक्ति यौन शोषणको आरोपमा पक्राउ

काठमाडौं मंसिर २७,  केही महिनाअघि नेपाल प्रहरीको केन्द्रीय अनुसधन्धान ब्युरोमा परिवारसहित आएकी एक अविवाहित युवतीको दुर्दान्त कथा सुनेर ब्युरोका अनुसन्धान अधिकारीहरु चकित परे । युवतीमाथि वर्षौँदेखि भएको बलात्कार, योन दुव्र्यवहार र त्यसलाई ढाकछोप गर्न सामाजिक सञ्जाललाई हतियार बनाउने आरोपित कोही नभएर, आफूलाई अवतारी लामा बताउने एक व्यक्ति थिए ।

ती युवतीको कथा सुनेपछि अनुसन्धानमा जुटेका प्रहरीले स्वघोषित अवतारी लामा दाबी गर्ने व्यक्तिले धर्मको आवरणमा कैयन् युवतीमाथि योन शोषण र हिंसा गरिरहेको निष्कर्ष निकाल्दै उनलाई पक्राउ गरेको छ ।

सिन्धुली कुशेश्वर दुम्जा स्थायी घर भई दक्षिणकाली नगरपालिका १ चाल्नाखेलमा गुम्बा चलाएर बसेका गुरु रिम्पोछे छुल्ठिम दोर्जे यान्तान टुल्क लामालाई ब्युरोले मंगलबार उनकै गुम्बा पेमा टासी छुल्मि घोम्बो कासुङबाट पक्राउ गरेको खवर कान्तिपुर दैनिकमा प्रकाशित रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।