शुक्रबार, चैत्र १६, २०८०

आज बालाचतुर्दशी पर्व मनाइदै, पशुपतिमानाथ लगायतका शिव मन्दिरमा सतबिज छरिंदै

काठमाडौं मंसिर २०, आज बालाचतुर्दशी पर्व अर्थात आजको दिन आज दिवंगत पितृ उद्धारका कामना गदै आज पशुपतिलगायत विभिन्न शिवालयमा शतबीज अर्थात छरेर (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) बालाचतुर्दशी मनाइँदैछ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वको अवसरमा देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको उपस्थितीसंगै आज पशुपतिमानाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।

प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशी अर्थात् आजैका दिन छरेको सतबीज दिवंगत भएका आफन्तले पाउँछन् भन्ने धार्मिक विश्वास सहित मनाउँने गरेको यस पर्वको अवसरमा भगवान् शिव मृगरुप लिएर घुम्नु भएको पूण्यक्षेत्र पशुपतिमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पूण्य मिल्ने र दिवंगत आत्माले मुक्ति पाउने धर्मसास्त्रमा उल्लेख रहेको पाइन्छ ।

यअभि बालाचतुर्दशीको अघिल्लो रात आज दिवंगत पितृका नाममा दीपदान एवम भजनकीर्तन सहित मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिनाथलगायतका शिवालयक्षेत्रमा रहेको कैलाश डाँडा, ठूलो महास्नानघर, घयाम्पो पाटी, बज्रघर, राममन्दिर, राजराजेश्वरी, बाग्मतीपारि, लगायतका ठाउँमा बत्ती बाली जाग्राम बसेका थिए  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।