शुक्रबार, बैशाख ७, २०८१

आज धान्यपूर्णिमा र उपत्यकामा ज्यापु दिवस मनाइदै

काठमाडौ पुस ७ , आज मार्गशुक्ल पूर्णिमा अर्थात आज मुलुकभर धान्यपूर्णिमा चाड मनाइँदै छ। नेवार समुदायले भने यस चाडलाई योमरी पुन्ही र ज्यापु समूदायले ज्यापु दिवसको रूपमा मनाउँदै छन्।

आजका दिन विशेषगरि भकारीमा भरेको धान कम नहोस् अर्थात सधै धनधान्यपूर्ण होस् भनी मनाइने भएकाले यस चाडलाई धान्यपूर्णिमा भन्ने गरिएको हो। त्यस्तै आजको दिन बिहान सबेरै उठेर तिल र चाकु प्रयोग गरी चामलको पीठोको योमरी पकाएर खाने गरिन्छ ।

त्यसैगरी पहाडी भेकमा भने यसै दिनदेखि जाडो सुरु हुने विश्वास सहित गाईबस्तुको गोठ बेंसीमा झार्ने गर्दछन् र त्यहींका देवताको पूजा गरी मनाउँछन्। त्यसैले यस पर्वलाई उधौंली पनि भन्ने गरिन्छ। ज्यापु दिवसको अवसरमा आज राजधानीमा ज्यापु समूदायले विभिन्न झाँकीसहित आफ्नो कला संस्कृतिको प्रदर्शन गर्ने कार्यक्रम राखेको छ ।

यसैवीच आज ज्यापु संस्कृति विकास कोषद्वारा आज राजधानीको बसन्तपुरमा प्रम केपी ओलीको प्रमुख आतिथ्यतामा एक विशेष कार्यक्रमको आयोजना गर्ने थाहा भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु