शुक्रबार, चैत्र १६, २०८०

आजबाट सङ्घीय संसद्को हिउँदे अधिवेशन शुरु हुँदै

काठमाडौ पुस ११,  आजबाट सङ्घीय संसद् अन्र्तगत आज प्रतिनिधिसभा र राष्ट्रियसभाको तेस्रो अधिवेशन आजदेखि शुरु हुने भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजे शुरु भएको सङ्घीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा सभामुख कृष्णबहादुर महराले संसदको अधिवेशन आब्हान सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाउनुभएको थियो ।

त्यस्तै बैठकमा प्रशासकीय अदालत विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ भने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश २०७५ प्रस्तुत गर्नु हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसअघि अधिवेशनको प्रारम्भका अवसरमा बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका नेता एवं सदस्यहरुले शुभकामनासहितको मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।