सोमवार, असार २, २०७६
ताजा विचार

साझा एकाई र समृद्धि

-Suyash Kharel-

समृद्धिको सपना बोक्ने कम्युनिष्टको जत्था र उनका सर्बेपरी मालिक शक्तिशाली सरकारको घरमा हालैका दिनमा एउटा घन्टी बज्यो । घन्टी बजाउने अरु कोहि नभएर नेपाल बायुसेवा निगम थियो । भर्खरै वाइड बडी विमान किनेर बसेको बायुसेवा निगमसंग सायद भएको पैसा पनि रितिएको र दैनिक झन्डै १ करोड घाटाको चुली लागेको अवस्थामा सरकार गुहार्नु अपेक्षाकृत थियो ।

म डुबे , मलाई पार लगाईदेउ भनेर गुहार गर्ने अथवा डुबेको , डुब्न लागेको बायुसेवा निगम पहिलो सरकारी संस्था भने होइन । सरकारले खोलेर केहि दिन एकलौटी राज गर्न पाउँदा केहि राष्ट्रिय उद्योगको बेग्लै सान थियो । तर जबजब यी सरकारी संस्था प्रतिस्पर्धी बजारमा खुला समान प्रतिस्पर्धा गर्नुपर्ने भयो , तबबाट राष्ट्रका नाममा रहेका , राष्ट्रले चलाएका सबै उद्योग निकम्बा भए । सन् १९६४ मा स्थापना भएको जनकपुर चुरोट कारखाना ,सन् १९७८ मा खोलिएको हिमाल सिमेन्ट उद्योग , बाँसबारी छाला जुत्ता , हेटौडा कपडा उद्योग स यी सबै राष्ट्रिय संस्था हुन स केहीको अवस्था दयालाग्दो छ भने केहि पूर्णरुपमा बन्द छन । माथि नाम उल्लेख नगरिएका अरु अधिकांश राष्ट्रिय संस्थाहरु पनि जिर्ण र काम नलाग्ने भएका छन । संस्था फरक भएतापनि यी सबै सरकारी स्वामित्य भएका उद्योग धन्दाको दुर्गति हुनमा कारण एकै छ । यी सबै टूटी बिग्रेका धारा जस्तो भएका छन । अनि यो धाराबाट घाटा, बेथिति, भ्रस्टाचार अनि अनेकौ समस्या का चाङ्गमात्र निस्कन्छन् । सरकारले बाल्टीका बाल्टी थापेर ती यावत समस्या आफुले बोकेर फाल्न तिर लागे सरकार पनि ती संस्था जस्तै नालायक कहलिनेछ ।

धाराको सन्दर्भ अझ अरु मानेमा अर्थपूर्ण पनि छ । धाराको पाइप प्रधानमन्त्रीले मान्दै आउनुभएको मार्क्सवाद र उहाँको प्रिय स्लोगन समृद्धिको पाइपसङ्ग पनि जोडिन्छ । प्रिय प्रधानमन्त्री र उहाँका भाइभतिज कम्युनिष्ट टोलिलाइ बायुसेवा निगम डुब्यो भन्दा केहि मतलब नलागेको हुनसक्छ । तर बायुसेवा निगम डुबेसंगै सरकारी स्वामित्वका संस्थाको अनुत्पादकत्व चरित्र पनि उजागर हुन्छ भन्ने सायद हेक्का नहोला । कम्युनिजमका गुरु कार्लमार्क्सको भनाइमा कम्युनिजमले बर्गबिहिन समाज निर्माणको सपना बोकेको हुन्छ जहाँ सम्पति साझा हुन्छन , उद्योग धन्दा , कलकारखाना पूर्ण रुपमा सरकारको अधिनमा हुन्छन । सरकारी संस्था अप्रतिस्पर्धि र धरायसी हुने क्रम भएसङ्गै कम्युनिजमको साझा अपनत्वको बाटोबाट समृद्धिको विचारधारा पनि धराशायी हुन्छ ।

साझा एकाई (पब्लिक एन्टीटी)हरु निझी एकाई भन्दा सधैं कम प्रतिस्पर्धी र अनुत्पादक हुन्छन । यो साझा एकाईको अन्तर्निहित चरित्र हो । यो कसैले धम्काएर अनि कसैले फकाएर अथवा ठुला भाषण गरेर परिबर्तन हुने कुरा होइन । साझा एकाई र निझी एकाईका बिचमा रहेको यो अन्तरको कारक पहिल्याउन धेरै टाढा गइराख्नु पर्दैन । बुद्धले भनेजस्तै संसारका जटिल प्रश्नको उत्तर खोज्न बाहिर होइन भित्र केलाउनु पर्छ र यी दुइ बिचको फरकको मूल कारक पहिल्याउन अन्तर्मनका समबेदना र भावना बुज्न जरूरी हुन्छ । गेम अफ थ्रोनस नामक हलिउड सिरिसका लोकप्रिय पात्र टीरिओन ल्यान्निस्टरका शब्दमा मानिसलाई डोर-याउने सबैभन्दा ठुलो शक्ति स्वार्थ हो , मानिस स्वार्थी हुन्छन र आफ्ना लागि जेपनि गर्दछन ।  पुंजिबादको उदयसङ्गै आफ्ना स्वार्थ पुरा गर्ने बिशिस्ट साधन बन्यो , पैसा । निझी एकाईमा काम गर्दा र संस्थालाई ठुलो बनाउदा , बडाउदाको प्रतिफल फाइदा (पैसाका )रुपमा आउँछ , त्यसैले लगानीकर्ताले कर्मचारीबाट जवाफदेहिता खोज्छन र समग्र उद्योगधन्दा बढी प्रतिस्पर्धी हुन्छन ।

कार्लमार्क्स आफै र अरु लगभग सबै अर्थविदले भने जस्तै कमसेकम हामी यो कुरा मा सहमत हुन सक्दछौ कि पूंजिबाद नै सबै भन्दा दक्ष (एफ्फीसीएन्ट) सिस्टम हो । नोट गर्नुहोला स् मैले खुला र बराबर समाज र सिस्टम पनि पूंजिबादले नै लिएर आउने भनिरहेको छैन , मात्र दक्ष भनेको छु ।  सन् १९७८ मा जब चीनले ू डेंग जिओ पिङ्ग  द्वारा निर्देशित बजार उदारीकरणको बाटो समात्यो , सोहि बाटोले आज चीनलाई समृधिको बाटोमा डोरयायो । पिङ्गको बजार उदारीकरणको तिन मुख्य सुत्र यी हुन्  १.  उद्योगधन्दा को निजीकरण २. किसान हरुको साझा खेति र साझा नाफाको व्यक्तिकरण र ३. निझी उद्यम को अनुमति । भएका सरकारी उद्योगधन्धामा पनि माथिल्लो तह का कर्मचारी लाइ  प्रोफिट रिटेंशन ( फाइदा कमाउन) को मौका दिएर प्रतिस्पर्धी स्थापित भएको हो। एकातिर सरकारी संस्थाहरु सरकारको अधिनमा रहेपनि स्वतन्त्र ढंगले काम गर्न पाउदा र अर्कोतिर साझाकरण बाट निझीकरण को बाटो समातेसंगै निझी व्यक्तिले कमाएको फाइदा आफैलाई आउने हुदा , त्यो स्वार्थ ले उर्जा दियो र त्यहि उर्जाको बलमा विश्व बजारमा प्रतिस्पर्धा संस्थाहरु आए जसको जगमा चीन समृद्धितिर लम्कीयो ।

चीन भन्दा अलि पर , अमेरिका तिर हेर्दा पनि यस्ता उदहारण प्रशस्तै पाइन्छन । उदाहरणका लागि अमेरिकाको स्पेस अन्वेसन तथा अनुसन्धानको लागि बनेको संस्था नासाू लाइ हरेक बर्ष सरकारी बजेटको केहि प्रतिशत हिस्सा अनुसन्धानात्मक काम र खोज बिज्ञानका लागि भनेर जान्छ। नासा जस्तै बाहिरी स्पेसमा जाने र मंगल ग्रहसम्म रकेट पठाउने र मानवरहित बस्ति बसाउने निक्कै महत्वाकांक्षी लक्ष्य लिएको प्राईवेट इन्टीटी हो, स्पेसएक्स । त्यहि नासा र स्पेसएक्स काम एउटै गर्ने भएपनि एउटा निजि एकाई भएकाले त्यहि अनुसन्धान र रकेट उडाउनै पैसा उठाउन एक सर्भिसका रुपमा बेचेर पैसा कमाउने मध्यम बनाए।

यहि दुइ संस्थामा एकै जस्तो काम गरेपनि एकले आफ्नो राजस्व आउने बाटो पहिल्याएर अघि बढ्नपर्ने भने अर्कोले सरकारी अनुदान को आड लिएर काम गर्न सक्ने अवस्था सदैब खुला रहन्छ । एकै काम गर्ने अनि उस्तै किसिम का बौद्धिक क्ष्मता भएका व्यक्तिहरु कर्मचारी भएको दुई मिल्दो जुल्दो संस्था मा एउटा संस्थाले फाइदा कमाउछँ र प्रतिस्पर्धी बन्छ भने अर्कोले घाटा बेहोर्छ। एउटालाइ फाइदा कमाउनै पर्नेहुन्छ र प्रतिस्पर्धी बन्नलाइ उपाय लगाउनैपर्ने हुन्छ भने अर्कोलाई त्यति बाध्यकारी नियम हुदैन स घाटा भैहाले पनि आफ्नो पैसा नडुब्ने र फाइदा भैहाले पनि पैसा आउने लोभ हुदैन । फरक निकै सरल छ । देशनै बनाउन हिडेको नेताज्युहरुले मानिसको आधारभूत ( बेसिक ) चिन्तन र भावना बुझेनन र सरकारी स्वामित्व का संस्था नचल्नु मा कर्मचारी को निकम्बापन मात्र देख्नु पनि ठुलो भुल हुनेछ ।

निष्कर्षमा : नेपालका सरकारी स्वामित्वमा चलेका हरेक संस्थालाइ खुला प्रतिस्पर्धाबाट आउने कुनै पनि प्राइभेट कम्पनी ले हराउने छ भन्नेमा सायद दुइमत नहोला। र हरेक दिन १ करोड घाटा बेहोरेर ३६५ दिन सम्म तेती नै करोड घाटा बेहोर्नु भन्दा त्यो पैसा कुनै पूर्वाधार बनाउन अथवा राष्ट्रियहित मा खर्चेर बायुसेवा निगम बेच्दा बेस होला। त्यसो गर्दा दुइटा कुरा हुन्छनः एक राष्ट्रिय ढुकुटी को पैसा बच्छ , अर्को निजीकरण गरे संगै प्रतिस्पर्धी बन्न लाइ निजि संस्था ले चालेको कदमले पुरा नेपाली बायु क्षेत्र मा भ्यालु एड (सरभिस राम्रो, लागत सस्तो ) हुनेछ ।  सबै को जय होस ………

प्रतिक्रियाको लागि :  aminpandeya@gmail.com

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

December 2018
S M T W T F S
« Nov   Jan »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031