काठमाडौं मंसिर २४ , सांगीतिक क्षेत्रमा आएको रजत वर्ष पुगेको अवसरमा कौरा किङ दुर्गा गुरुङ एकल गायन कार्यक्रममार्फत पहिलोपटक एकल साँझमा प्रस्तुत भएका छन्। शनिबार राष्ट्रिय नाचघरमा आयोजित दुर्गा गुरुङ एकल साँझ २०७५ मार्फत उनी आफ्ना लोकप्रिय कौरा (चुट्का) झोरा, लोकपप गीतका साथ प्रस्तुत भएका थिए। तमु (गुरुङ) समाज तनहुँको आयोजनामा सम्पन्न एकल साँझमा गायक दुर्गाले प्रत्यक्ष वाद्यवादनमा १ दर्जन बढी गीत प्रस्तुत गरेका थिए।
उनले कार्यक्रममको आरम्भमा खैमु लोसर बोलको गुरुङ गीत गाएर आउँदै गरेको लोसारलाई स्वागत लगरेका थिए भने त्यसपश्चात, हे कानछी, साली भेना, सोलुु जुब्रुको, आकाशै उज्यालो, रिसिङ डाँडा रमाइलो, ठुलढुंगाको बजारैमाजस्ता आफुनो लोकप्रिय कौरा गीतका साथमा रोदी बस्न आउँछ रे भन्दिनु जस्ता लोकपप, आयो मैना गयो मैनाजस्ता झोरा गीत प्रस्तुत गरेका थिए। त्यस्तै उनले १३ वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा बेल्जियममा रहेकी श्रीमती नन्दशोभा गुरुङको सम्झनामा रोधी बस्न आउँछ रे भन्दिनु यानी मायालाई बोलको गीत प्रस्तुत गरेका थिए। सर्जक तथा संगीतकार रेशम गुरुङको साथमा दुर्गालाई गायनमा लोकदोहोरी गायकगायिका भीम दुरा, तेजेन्द्र दुरा, प्रकाश गुरुङ, पृथ्वी गुरुङ, रिदम थापा, राज गुरुङ, राजु गुरुङ, प्रेम गुरुङ, टेक गुरुङ, शर्मिला गुरुङ, दुर्गा गुरुङ, टीका पुन, बबिता गुरुङ, अनु गुरुङ, शोभा गुरुङ, एलिना गुरुङ, कल्पना गुरुङ र माया गुरुङले साथ दिएका थिए।
खचाखच दर्शकहरुको विचमा करिब ३ घन्टासम्म चलेको एकल साँझमा दुर्गालाई प्रत्यक्ष वाद्यवादनको लागि किबोर्डमा दुर्गा बहादुर गुरुङ, बाँसुरीमा धनबहादुर गुरुङ, सारंगीमा कमल विश्वकर्मा र बुकुन गन्धर्व, रीदम गीटारमा दिपेन्द्र गुरुङ, बेस गीटारमा दीपक थापा, प्याट्रममा धर्म गुरुङ, हार्मोनियममा कृष्ण गुरुङ तथा खैजेडीमा मनाङ गुरुङ, गणेश गुरुङ, पृथ्वी, गुरुङ, विक्रम गुरुङ, प्रेम गुरुङ, चौबहादुर गुरुङ, पोषन घर्ती मगर र पारसमणी सुवेदीले साथ दिएका थिए भने कार्यक्रमको संयोजक शोभा गुरुङ रहेकी थिईन्।
कार्यक्रमका प्रमूख अतिथिसांसद कृष्णकुमार श्रेष्ठ किसनले आफुलाई कौरा गीत असाध्यै मन पर्ने भन्दै सरकारबाट प्राप्तहुने एक महिनाको पारीश्रमीक दुर्गा गुरुङको कार्यक्रमलाई सहयोग गर्ने घोषणा गरे। एकल साँझका लागि विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरेको र करिव १० लाख रुपियाँ संकलन भएको गायक दुर्गा गुरुङले बताए। खर्च काटेर बाँकी रकम चुट्का गीतको संरक्षणको लागि कोषमा जम्मा गर्नेछौ दुर्गाले बताए।
कुशल बाँसुरीवादक तथा मादल, तबला, हार्मो्नियम, किबोर्डलगायतको वाद्यवादनमा पोख्त रहेका तनहुँ–८ वसन्तपुरका दुर्गा सांगीतिक क्षेत्रमा छाउने उद्देश्यले २०५३ सालमा राजधानी आएका थिए। करिब १ दशक बाँसुरीवादनकै क्षेत्रमा सक्रिय रहेका उनी २०५६ देखि २०६० सालसम्म सांगीतिक समूह मंगोलियन हार्टमा बाँसुरीवादकका रूपमा रही गीत एरेन्ज र संगीत कम्पोज पनि गर्थे। डेढ दर्जन गुरुङ फिल्ममा संगीत तथा स्वर दिई ५ हजार गीतको म्युजिक एरेन्ज गरेका दुर्गाले आँसु नझार एल्बममा रहेको आँसु नझार बोलको दोहोरी गीतबाट गायन यात्रा शुरूआत गरेका थिए।
दुर्गाले रोदी घरैमा नामक लोकपप एल्बममा रहेको रोदी बस्न आउँछ रे भन्दिनु यानी मायालाईबाट लोकपप गायकको परिचय बनाए भने हे कान्छी ढल्क्यो जोवन माइतै नभुल, आकाशै उज्यालो, रिसिङ डाँडा रमाइलो, ठुलढुंगाको बजारैमा, रसैको माया हे माया जस्ता गीतमा स्वर दिएका छन् । कौरा, लोकपप, दोहोरी गरी डेढ सयभन्दा बढी गीत गाएका उनको चांैरी गोठैमा, माछी लेवैमा, रोधी घरैमा जस्ता लोकपप, हे कानछी, रिसिङ डाँडा रमाइलो, सोलोजुलुको, साली भेना, रसैको माया, आकाशै उज्यालो जस्ता कौरा एल्बम बजारमा आइसकेका छन्।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- महानगरको वडा नम्बर २७ मा कांग्रेसका उम्मेदवार खड्गी नेतृत्वको प्यानल निर्वाचित
- नार्गाजुन नगर प्रमुखमा दोस्रो कार्यकालका लागि बस्नेत निर्वाचित
- महानगर वडा न ८ मा कांग्रेसका उम्मेदवार आसामान नेतृत्वको प्यानल निर्वाचित
- महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार वालेन प्रतिस्प्रर्धी भन्दा दोब्बर मत सहित अगाडि
- ७ सय ५३ मध्ये छ सय ८४ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो स्थानमा
- विराटनगर महानगरपालिकाको प्रमुखमा काग्रेसका उम्मेदवार कोइराला विजयी
- महानगर को वडा न ६ मा कांग्रेसका उम्मेदवार लामा नेतृत्वको प्यानल निर्वाचित
- यौन हिंश्रकलाई कारबाही गर्न पिडित किशोरीको समथर्नमा शुक्रबार राजधानीमा वृहत प्रदर्शन
- महानगर २९ मा कांग्रेसका उम्मेदवार ढकाल नेतृत्वको प्यानलै निर्वाचित
- यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सहित आठ अध्यादेश स्वीकृत
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान