बिहिबार, अशोज २०, २०७९

भक्तपुर बचत संघको १४ औं वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर मंसिर २२, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिको १४ औं बार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न आज एक कार्यक्रमकावीच सम्पन्न भएको छ । कार्यक्रममा नेमकिपाका अध्यक्ष एवम् पूर्व सांसद नारायणमान विजुक्छेंले विपन्न बर्गको उत्तथानका  लागि सहकारीले खेल्दै आएको भूमिकाको चर्चा गर्दै अवका दिनमा यस कार्यलाइ थप विस्तारित गर्दै  अगाडि बढ्न आवश्यक रहेको बताउँनु भएको छ ।

त्यस्तै राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवं राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलले कुशल व्यवस्थापनका साथ उदारहणीय साकोस संघ बनाउन सफल भएकोमा बढाई ज्ञापन गर्दै सामुहिक समृद्धिको आवश्यकता पुरा गर्न सहकारीले महत्वपूणै भूमिका निर्वाह गर्दै आइरहेको बताउँनु भएको छ । साथै उहाँले सहकारी ऐनको कार्यान्वनको लागि नियामावलीमा  महानगरपालिकामा रहेका सहकारी संस्थालाई १० प्रतिशत र नगरपालिकामा रहेका सहकारी संस्थालाई ५ प्रतिशत आयकरको दर निर्धारण हुँदै गरेको जानकारी दिनु भएको छ ।

त्यस्तै गरि नेफ्स्कूनका सञ्चालक सदस्य उद्धव सापकोटा,  संघका निर्वतमान अध्यक्ष राधेश्याम सुवाल जिल्ला कृषि सहकारी संघ लि।का अध्यक्ष सनिस लागेजु लगायतले शुभकामना अभिव्यक्ति सहित मन्त्व्य व्यक्त गर्नु भएको थियो ।  त्यस्तै संघका सचिव जगनाथ प्रजापतिले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै रु।२७ लाख २७ हजारको भावि कार्यक्रमहरु प्रस्तुत गर्नुभएको  थियो ।   त्यस्तै संघका कान्छा भक्त घजुले बार्षिक आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आव २०७४।७५ मा १ करोड ४ लाख ३७ हजारको नाफा भएको आय व्यय प्रस्तुत गर्नुभएको उक्त कार्यक्रम संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुकाृ सभापतित्वमा सम्पन्न् भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

Dashain
Dashain1
Dashain2

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु